|
###
|
सिनेमा छायांकन हायात होटलकै परिसरमा भैरहेको छ । तर सुरक्षा र फ्यानहरुको बाक्लिदो भिडले छायांकनमा असर पुगेको बताइन्छ । अक्षय कुमारले आजसम्म नेपाली मिडियासँग भेट गरेका छैनन् । निरज पाण्डेको निर्देशनमा तयार भैरहेको यो सिनेमामा नेपालका केही निर्देशकहरुले पनि काम गरिरहेका छन् ।
यसैबिच नेपाल चलचित्र प्राविधिक संघलाई निर्माण यूनिटले १५ हजार सहयोग गरेको छ । आज चलचित्र प्राविधिक संघको टोली हायात होटलमा पुगेको थियो । अक्षय कुमारलाई नेपाली ढाकाटोपी लगाएर सम्मान गर्ने तयारीमा प्राविधिक संघको छ । यसका लागि उनको सहयोगीसँग कुरा भएको अध्यक्ष मनोज केसीले बताए ।
यो सिनेमाको छायांकन भोली ठमेल र पर्सी भक्तपुर दरबार स्क्वायरमा गरिने वुझिएको छ । तर यो स्थानमा अक्षय कुमारको दृश्य समावेश हुन्छ या हुँदैन खुलाइएको छैन ।
|
##
|

.jpg)


0 comments:
...