### |
झापा : भारत —तिब्बत सीमा प्रहरीको सवारीसाधन नेपालमा खुला रूपले आउँदा पनि नेपाल प्रहरी र ट्राफिक प्रहरी बेखबर छन्। चीनको तिब्बतीय सीमा हेर्ने भारतीय सुरक्षाकर्मीको डब्लूबी ७३ बी ४२४२ नम्बरको हरियो रंगको बस बुधबार अपराह्न बिर्तामोडको ट्राफिक कार्यालयअगाडि आधा घन्टा बढी समय रोकिएको थियो। तर, त्यस विषयमा ट्राफिकले कुनै चासो दिएन। ट्राफिक कार्यालय अगाडि सवारीसाधन पार्किङ गर्न पाइँदैन तर भारतीय प्रहरीको बस आधा घन्टासम्म रोकिँदा ट्राफिक प्रहरीलाई त्यो बस भारतीय प्रहरीको भएनभएको पत्तो भएन।
डिउटीमा रहेका ट्राफिकलाई सोध्दा उनले भने, 'भारतीय प्रहरीको गाडी हो र !' सादा पोसाकमा रहेका भारतीय प्रहरी कुन उद्देश्यले नेपाल आएर फर्कन लागेका हुन् त्यो न त ट्राफिक प्रहरीलाई थाहा छ, न त नेपाल प्रहरीलाई नै। इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी वसन्त रजौरेले भारतीय प्रहरीको बस आएको सम्बन्धमा आफूलाई कुनै जानकारी नभएको बताए।
उनले भने, 'हामी पनि उता घुम्न जान्छौं, उनीहरू पनि आएका होलान्।' भारतले बसमा चीन नलेखी तिब्बत लेखेको छ। उसले चीनको स्वसाशित क्षेत्र तिब्बतलाई मान्यता नदिएकाले तिब्बत लेखिएको बताइन्छ।

## |
0 comments:
...