### |
मुगु : जिल्लाको पूर्वीभेगमा पर्ने खत्याड भेगको श्रीकोट गाविसको पन्सेरी गाउँमा १५ मिनेट परेको मुशलधारे वर्षाले वर्षाले सिंगै गाउँलाई अँधेरो बनाएको छ।
श्रीकोट गाविस वडानम्बर ९ पन्सेरी गाउँमा शनिबार बिहान सात बजे १५ मिनेट परेको अविरल वर्षा गाउँमा रहेको तीन किलोवाटको लघुविद्युत उत्पादन गृह पहिरोले पुरेपछि अहिले यो गाउँ पूरै अँधेरो भएको हो।
६५ घरधुरी रहेको यो गाँउमा वर्षाले जलविद्युत गृह, खानेपानि, सिंचाई र गोरेटो बाटो लगाएत सर्वसाधरणका खेती गरेका खेतबारी पनि बगाएपछि अहिले कसरी परिवार पाल्ने भन्ने चिन्तामा रहेका स्थानीयबासी धनबहादुर थापाले बताए।
वर्षाले सदरमुकाम गमगढी जोड्ने ग्रामिण सडक, चार सिचाइँकुलो गाउँका खानेपानीका पाँच र विद्यालयको एक धारसहित इन्टेक, तीन किलोवाटको लघुविद्युत योजना गृह र स्थानीय व्यक्तिका चार घर पूर्णरुपले क्षति भएपछि अहिले गाउँवासी त्रासमा रहेका छन्। भारी वर्षाले गाउँमा रहेको खानेपानीको धारा सबै बगाएपछि गाउँवासी खोलाको फोहोर पानी पिउन बाध्य छन्।
फोहोर पानीको संक्रमणले झाडापखलाको खतरा पनि बढेको छ। सिचाइँ कुलो पहिरोले पुरिदिएको छ खेतबारी सकुरे जाने संभावना निकै रहेको छ। भिरालो स्थानमा रहेको यो गाउँमा अहिलेसम्म यति ठूलो वर्षा भएको थिए। १५ मिनेटमा आएको वर्षाले गाउँ नै अन्धकारमय बनाएको छ।

## |
0 comments:
...