Headlines News :
Home » » ८५ वर्षमा छोरो , गाउँलेले फूलमाला र अबिर लगाएर बधाई दिए

८५ वर्षमा छोरो , गाउँलेले फूलमाला र अबिर लगाएर बधाई दिए

###
अर्घाखाँची, असार १२ - उमेर त पनातिपनातिनी खेलाएर बस्नुपर्ने हो । तर जवान नातिनातिनीका हजुरबा भइसकेका पदमपाणि खनालले बुढ्यौलीमा छोरा जन्माएर सबैलाई चकित पारेका छन् । मुजा परेको मुहार, सेताम्मे दाह्री कपाल र कुप्रो ज्यानका ८५ वर्षीय खनालले बच्चा जन्माएको सुनेर हेर्ने र बधाई दिने घरमा ओइरिएका छन् ।

१३ वर्षअघि छोरी जन्माएकी ४० वर्षीया श्रीमती कमलाले शुक्रबार बुटवल अस्पतालमा ३ किलोको छोरा पाएकी हुन् । एक छोरा, तीन छोरी र ५ नातिनातिना हुर्काइसकेको काखमा पदमपाणिले अब छोरो खेलाउने भएका छन् । बुढेसकालमा पुत्रलाभ भएपछि परिवारमा खुसियाली छाएको छ । गाउँलेले फूलमाला र अबिर लगाएर बधाई दिए । 'मर्ने बेलाको खुसी हो यो, हाम्रो इच्छा पूरा भयो,' उनले टेलिफोनमा भने, 'उमेर छँदा छोरा जन्माउन निकै प्रयास गर्‍यौं तर सफल भएका थिएनौं । तैपनि हरेस खाएनौं, १३ वर्षपछि सफल भयो ।' श्रीमती गर्भवती भएपछि छोरा

वा छोरी भनेर परीक्षण नगराएको उनले बताए । नवजात छोराप्रति कमलाको महत्त्वाकांक्षी अपेक्षा छ । 'बुढेसकालमा जन्मेको छोरो ठूलो मान्छे बन्छ,' उनले चाहना सुनाइन्, 'प्रधानमन्त्री बनाउने इच्छा छ । धेरैजसो प्रधानमन्त्री गाउँका गरिबकै छोरा भएका छन् ।' बुढेसकालमा बच्चा पाएको देखेर बधाई दिन आउने पनि अचम्ममा परेका छन् । 'यस्तो उमेरमा पनि गर्भ रहेकामा अचम्म लागेको छ,' छिमेकी खुमानन्द अर्यालले भने, 'अहिलेसम्म यस्तो भएको थाहा थिएन ।'

ढल्कँदो उमेरमा शुक्रकीट सक्रिय भइरहे गर्भ रहने जिल्ला अस्पतालका मेडिकल अधिकृत डा. कृष्णहरि सुवेदीले बताए । 'बच्चाका लागि उमेरले छेक्दैन,' उनले भने, 'गर्भ रहन सक्छ, व्यक्ति विशेषमा भर

पर्छ । कसैको शुक्रकीट छिट्टै निष्क्रिय हुन्छ, कसैको सक्रिय भइरहन्छ ।' बुबाआमाको उमेर बढी भएकाले बच्चाको खानपिन र स्याहारसुसारमा ध्यान दिनुपर्ने उनले बताए । उनका ४० वर्षीय जेठा छोरा खजराज बुटवलमा व्यापार गर्छन् । उनका तीन छोरा र एक छोरी तथा छोरीपट्टि पनि २ सन्तान भए । पदमपाणि ६ नातिनातिनाका हजुरबा हुन् । उनीहरू उच्च शिक्षा अध्ययनरत छन् । ४० वर्षीया कमलाकी १३ वर्षीया छोरी ७ कक्षामा पढ्छिन् ।  २१ वर्षअघि श्रीमतीको भीरबाट लडेर मृत्युपछि सहारा खोज्दै उनले दोस्रो विवाह गरेका थिए । जेठी श्रीमतीबाट जन्मिएका एक छोरा र तीन छोरीमध्ये दुई छोरीको गाडी दुर्घटनामा मृत्यु भएको थियो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar