Headlines News :
Home » » गिरिजाप्रसादका छोरा सुरेशको निधन

गिरिजाप्रसादका छोरा सुरेशको निधन

###
काठमाडौं - पूर्व प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाका छोरा सुरेशको आज बिहान निधन भएको छ। हर्ट अट्याकले बिहान ९:३० बजे मुखबाट रगत निस्कन थालेपछि उनलाई उपचारका लागि ओम अस्पताल लगिएको थियो।

बिहान मर्निङ वाक सकेर जोरपाटी नयाँ वस्तीमा रहेको डेरामा फर्केपछि उनलाई हर्ट अट्याक भएको थियो।

उनको उपचारकै क्रममा अस्पतालमा निधन भएको हो। उनको शव अन्त्यस्टीका लागि पशुपति लगिएको छ। पशुपति आर्यघाटमा उनको अन्त्यस्टीका लागि सुजाता कोइराला, लीला कोइराला, सशांक कोइरालालगायतको उपस्थिति छ।

राजनीतिबाट टाढै रहेका उनी समान्य जीवन विताउँदै थिए। ६९ वर्षका सुरेश छापाखाना चलाएर बसेका थिए। उनका दुई छोराहरु छन्।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar