Headlines News :
Home » , » विशालनगरको ‘सेल्टर’मा चरीको ‘ठूलो’ लगानी !

विशालनगरको ‘सेल्टर’मा चरीको ‘ठूलो’ लगानी !

###
खुश्बुले खोल्दैछिन् 'अपराधी'सँगको संलग्नता
२५ साउन, काठमाडौं । फौजदारी न्यायविधानमा चर्चित भनाइ छ, एउटा झूठ लुकाउन खोज्दा हजारौं झूठको जन्म हुन्छ । यस्तै देखिन थालेको छ, प्रहरीद्वारा मारिएका चरी र उनकी प्रेमिका भनिएकी मोडेल खुश्बु ओलीको सम्बन्ध । चरीको हत्यामा प्रहरीलाई दोषी देखाउने क्रममा खुश्बु आफैं सम्पत्ति शुद्धीकरण र जघन्य फौजदारी अभियोगमा फस्न थालेकी छन् ।

सम्पत्ति शुद्धीकरण ऐनअनुसार आतंककारी क्रियाकलाप गरेर आर्जन गरिएको सम्पत्ति जहाँ लगानी गरिएको भए पनि त्यसलाई अबैध मानिन्छ । त्यस्तै मुलुकी ऐनअनुसार अपराधी हो भन्ने जान्दाजान्दै उसलाई लुकाउने वा उसित साँठगाँठ गर्नेलाई समेत मतियार अपराधी नै मानिन्छ । तर, आफूलाई चरीकी प्रेमिका बताउने खुश्बुले आफ्नो संस्थामा चरीको ठूलो योगदान रहेको र उनीलगायतका फौजदारी अभियोग लागेका अर्पण कोइरालासँगको आफ्नो उठबस समेत आफैंले सगर्व स्वीकार गरेकी छन् ।
‘म विशालनगरमा सेल्टर नामको सामाजिक संस्था चलाउँछु, ३५ जना दुःख पाएका बालवालिका राखेर लालन-पालन र शिक्षादीक्षा दिइरहेकी छु’ खुश्बुले एउटा अनलाइनलाई दिएको अन्तरवार्तामा भनेकी छन्, ‘उहाँ(चरी)ले पनि संस्थामा ठूलो सहयोग पुर्‍याउनुभएको छ ।’ गैंडाको खाग तस्करी, लुटपाट एवं गुण्डागर्दी गरेर चरीले आर्जन गरेको रकम खुश्बुको संस्थामा लगानी गरेको उनकै भनाइबाट स्पष्ट भएको छ । सम्पत्ति शुद्धीकरण ऐनअनुसार त्यस्तो लगानी अवैधानिक ठहरिन्छ ।
त्यसैगरी प्रहरीको मोस्ट वान्टेड सूचीमा रहेको व्यक्तिसँग साँठगाँठ गर्ने र उसलाई प्रहरीबाट जोगाउने कार्यलाई पनि फौजदारी कानूनले अपराध मानेको छ । तर, चरीकी मतियार खुश्बुले खुलेआम भनेकी छन्- ‘मिडिया र राज्यको आँखाबाट हेर्दा उहाँ गुण्डा, डन र अपराधी होला, तर मेरा लागि उहाँ संसारकै सबैभन्दा असल मान्छे हो ।’
आफूले लण्डनमा स्नातक गरेको बताउने खुश्बुले कानून, प्रहरी, राज्य र गृहमन्त्रीलाई समेत ठाडो चुनौती दिँदै अन्तरवार्तामा भनेकी छन्, ‘हाम्रो सम्बन्ध त एक्स्ट्रा अर्डिनरी हो, जुन केसमा उहाँ दोषी हुनुहुन्थ्यो, त्यसमा उहाँको केही दोष छैन । वामदेवले के बिर्सनु हुँदैन भने हिजो चुनावका बेला धादिङमा तीनवटै क्षेत्रमा एमालेलाई जिताउनमा दिनेशको निर्णायक हात छ । आफ्नो पार्टीलाई चुनाव जिताउन खट्दा असल मान्छे, अहिले अपराधी कसरी हुन्छ ? हामी अब प्रहरीमा कुमुद (डीएसपी), अर्पण र अरु केही मान्छेविरुद्ध किटानी जाहेरी दिन्छौं ।’
मोडेल ओलीले प्रहरीका डीएसपी कुमुद ढुंगेल चरीको हत्यारा भएको आरोप लगाएकी छन् । त्यसरी मानिसलाई हत्याराको आरोप लगाउनु गम्भीर मानिन्छ । आरोप प्रमाणित नभए झूठा आरोप लगाउनेले जेल जानुपर्ने हुन सक्छ । डनलाई संरक्षण दिँदै र उसबाट संस्थाका लागि लाभसमेत लिँदै आएकी खुश्बुले सिंगै प्रहरी संगठनलाई आरोपित गर्दै भनेकी छन्- ‘साँच्चै भन्ने हो भने डन भनेकै प्रहरी हो ।’
तर, एक प्रहरी अधिकारी भन्छन्- ‘अपराधीसँग उठबस गर्ने,  अपराधीलाई लुकाउने र उसबाट आर्थिक लाभ लिने व्यक्तिहरु पनि अपराधीका मतियारका रुपमा कानूनी कठघरामा उभिन्छन् । कानूनले अपराधीका मतियारलाई अपराधीको पक्षमा वकालत गर्दै हिँड्ने छुट दिँदैन ।’
अभियुक्तसँगै अफेयर
मोडेल ओलीले चरीसँग अफेयर सुरु हुनुभन्दा पहिले अर्का फरार अभियुक्त अर्पण कोइरालासँग आफ्नो लामो सम्बन्ध रहेको स्वीकार गरेकी छन् । चरी र अर्पण साथीसाथी रहेको पनि उनले स्वीकार गरेकी छन् ।
आफू अर्पणसँग लण्डनमा सँगै बसेको र उनी आफ्नो घरमा परिवारको सदस्यजस्तै रहेर बसेको खुश्बुको भनाइ छ । पनि उनी बिग्रेर आपराधिक क्रियाकलापमा लागेको खुश्बुले बताएकी छन् ।
कतिले मन पराएका थिए यिनलाई ?
खुश्बुले के भनेकी छन् भने डीएसपी कुमुदले आफूलाई एकतर्फी मन पराएको तर आफूले चरीलाई प्रेम गरेकाले उनैले चरीको हत्या गरेका हुन् ।
खुश्बुले यो पनि भनेकी छन् कि अर्पणले उनलाई मन पारएको र चरीसँग लागेपछि उनैले हत्या गरेको हुनसक्छ ।
के खुश्बुलाई तीन जनाले मन पराएका थिए ? के यही कारणले चरीलाई प्रहरीले वाण्टेडको सूचीमा राखेको हो त ? खुश्बुको वयानले यस्ता प्रश्नहरु उब्जाए पनि फौजदारी अभियोग लागेका व्यक्तिसँगको उनको गैरकानूनी उठबस भने उनकै अभिव्यक्तिबाट प्रमाणित भएको छ । चरीलार्इ अात्मसमपर्णका लागि अाफूले नेपाल बोलाएको समेत उनले स्वीकारेकी छन् ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar