Headlines News :
Home » , » कुन बार तेल लगाउँदा के हुन्छ

कुन बार तेल लगाउँदा के हुन्छ

###
ज्योतिष विज्ञानका अनुसार हप्तामा सात दिनमा प्रत्येक दिन विषेश ग्रहको आफ्नै महत्व छ । हरेक बारसँग जोडिएका विभिन्न परंपरा पनि छन् ।


बार अनुसार आफ्ना आफ्ना महत्व पनि छन् । कुनै दिन केको लागि विशेष मानिन्छ त कुनै दिन के को लागि । यी सबै विशेष बार र त्यसदिन गर्ने काम बैज्ञानिक कारणमा आधारित छन् ।



कारण जे सुकै भएपनि बार अनुसार निश्चित काम गर्दा सफलता र फाइदा हात लाग्ने विश्वास छ । तपाइँ हामी शरीर र कपालमा तेल लगाउन र मसाज गर्न मन पराउँछौ । तर हप्ताका सातै दिन यसो गर्नु उचित होइन ।

आउनुस् थाहा पाउँ कुन बार तेल लगाउँदा के हुन्छ त्यसको फलः
सोमबार तेल लगाउँदा अनुहारमा कान्ति आउने ज्योतिष शास्त्रको दावी छ । कपालमा पनि सोमबार तेल लगाउनु उत्तम मानिन्छ ।
मंगलबार तेल लगाउँदा विरामी पर्ने सम्भावना हुन्छ । मंगलबार भुलेर पनि तेल नलगाउनुस् यसो गर्नु भो भने तपाइँ आफै वा परिवारका सदस्य विरामी पर्न सक्छन् ।


बुधबार तेल लगाउँदा सौभाग्य र सुन्दरता बढ्ने विश्वास ज्योतिष शास्त्रको छ । बुधबार तेल लगाउनका लागि उत्तम दिन हो ।
विहीबार भुलेर पनि तेल नलगाउनुस् । विहीबार तेल लगाउँदा विपन्नताले घेर्ने विश्वास छ । विहीबार तेल लगाउनेहरु गरीव हुन्छन् ।
शुक्रबार पनि तेल नलगाउनुस् । शुक्रबार तेल लगाउँदा पनि ठूलै नोक्शानी ब्यहोर्नु पर्नै ज्योतिष शास्त्रको विश्वास छ ।
शनिबार तेल लगाउनु साताकै सबैभन्दा उत्तम मानिन्छ । यो दिन तेल लगाउँदा घरमा सुख शान्ति र स्वास्थ्यले बास गर्ने ज्योतिष शास्त्रको दावी छ । सातामा तेल लगाउनका लागि शनिबार सबैभन्दा उत्तम दिन मानिएको छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar