Headlines News :
Home » » नेपाली चलचित्रका सदाबहार अभिनेता श्रीकृष्‍ण श्रेष्‍ठको निधन

नेपाली चलचित्रका सदाबहार अभिनेता श्रीकृष्‍ण श्रेष्‍ठको निधन

###
काठमाडौं: नेपाली चलचित्रका सदाबहार अभिनेता श्रीकृष्ण श्रेष्ठको निधन भएको छ। भारतको नयाँदिल्‍लीस्थित एपोलो अस्पतालमा उपचार गराइरहेका अभिनेता श्रीकृष्ण श्रेष्ठको शनिबार राति निधन भएको निर्देशक आकाश अधिकारीले जानकारी दिएका छन्।

वैवाहिक दाम्‍पत्‍यमा बाँधिएको केही सातामै उनी उपचारको लागि भन्दै अभिनेता श्रीकृष्ण श्रीमती श्‍वेता खड्कासँगै भारत गएका थिए। त्‍यही सिलसिलामा गत असार २७ गते उपचारका लागि अस्पताल भर्ना भएका थिए। उनको फक्सोमा पानी जमेकाले केही महिना यता प्राय विरामी भइरहन्‍थे।

श्रीकृष्णको निधनको खबरलाई निर्देशक आकाश अधिकारीले पुष्टी गर्दै भनेका छन् 'दिल्लीबाट मलाई एका बिहानै फोन आयो, घटना राति नै घटेको रहेछ। अहिले ९ बजे परिवारका सदस्यहरु दिल्ली जाने तयारीमा हुनुहुन्छ अनि म पनि जाने तयारीमा छु।' उनी बोल्‍दाबोल्दै रोकिए।

अभिनेता श्रीकृष्णले पहिलो पटक वि स २०४५ सालमा 'भूमरी' नामक नेपाली चलचित्रमा आफ्नो यात्रा सुरु गरेका थिए। उनले 'भूमरी'  चलचलित्रमा एउटा कलेज ब्‍वाईको रुपमा अभिनय गरेर 'कसम' चलचित्रमा हिरोको साथी र 'पुकार' चलचित्रमा भिलेनको भूमिका खेल्दै वि. स. २०४७ सालमा छविराज ओझाको चलचित्र 'नाता' मार्फत नायकको रुपमा नेपाली चलचित्रमा पाइला चालेका थिए। श्रीकृष्णको उमेर ४७ बर्ष रहेको बताइएको छ।

उनले दर्जनौ नेपाली चलचित्रमा आफ्नो कलाकारितालाई नजिकबाट नियालेर दर्शकको मन जितेका थिए। उनले नेपाली समाजको यथार्थपरक घटनालाई समेटिएको चलचित्रलाई आफ्नो कर्म र धर्म मनेका थिए।केही साता अघि मात्रै उनले आफुलाई सधै नेपाली समाजलाई रुपान्तरण गर्ने लक्ष्‍य लिएर चलचित्रमा अभिनय गर्ने गरेको इमेज एफएमको 'इन्साइड स्टोरी' मार्फत व्‍यक्त गरेका थिए।तर उनलाई रोगले च्‍याप्दा भने उनी 'इन्साइड स्टोरी'मा बोल्दाबोल्दै पटक-पटक खोक्‍न बाध्‍य हुन्‍थे र आफ्नो आवाज सबै श्रोतामाझ पुर्‍याउन सहजता अपनाउनतिर लाग्‍थे।

नेपाली चलचित्रलाई दर्जनौ सुपरहिट सिनेमा दिएका श्रीकृष्णले आफ्नै लागनीमा बनाएको नेपाली कथानक चलचित्र 'कोहिनूर' गत शुक्रबाट देशभरका हलहरुमा चलिरहेको छ। यसअघि श्रीले बनाएको 'कहाँ भेटिएला?' चलचित्र नेपाली दर्शकहरुको मन मुटुमा बस्न सफल भएको थियो। उनीद्धारा अभिनित गोर्खाली, जंगबाज, सुख-दु:ख, ए मेरो हजुर, आफन्‍त लगायत दर्जनौ  नेपाली चलचित्र चर्चित छन्।

तीनदिन अघि अभिनेता श्रीकृष्ण  श्रेष्‍ठले बोल्‍न नसक्दानसक्दै पनि आफ्नो आवजमा यसरी व्‍यक्त गरेका थिए।


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar