Headlines News :
Home » » चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको निधन

चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको निधन

###
काठमाडौ, श्रावण २५ - नेपाली चलचित्रका नायक श्रीकृष्ण श्रेष्ठको गएराति निधन भएको छ । ४७ वर्षीय उनी दिल्लीस्थित एपोलो अस्पतालमा डिप निमोनियाको उपचार गराइरहेका थिए ।

स्वास्थ्य समस्या देखिएपछि कलाकार श्वेता खड्कासँग विवाह लगत्तै उनी उपचारको लागि दिल्ली गएका थिए । उनी २०४५ देखि चलचित्र क्षेत्रमा थिए ।

उनकै लगानीमा बनेको कोहिनूर शुक्रबारदेखि प्रदर्शन थालिएको छ ।

असार २३ गते श्वेतासँग विवाह गरेका श्रेष्ठ २७ गते उपचारको लागि दिल्ली गएका थिए ।

श्रेष्ठले २०४७ सालमा भूँमरी चलचित्रबाट नायकको रुपमा फिल्मी करिअर सुरु गरेका थिए ।

उनले धर्ती, प्रेमयुद्ध, माइती, आफ्नो मान्छे, वर पिपल, गोर्खाली, पाहुना, अजम्बरी नाता, हाम्रो माया जूनी जूनीलाई, जाली रुमाल, यस्तै हुन्छ पिरती, गुरु चेला, गरिब, नाता, नाता रगतको, लक्ष्मी पूजा, भरोसा, जीवन रेखा, उनको सम्झना, राम बलराम, कहाँ भेटियलालगायत एकसय बढी चलचित्रमा अभिनय गरेका छन् ।

उनी नेपाली सिने जगतको विवादमा नपरेका कलाकार हुन् । बिशेषत पारिवारिक चलचित्रमा उनी रुचाइएका थिए । अनिनय र नृत्यको लागि श्रेष्ठको विशेष चर्चा हुने गरेको छ । शिव रेग्मी निर्देशित अधिकांश चलचित्रमा श्रेष्ठको भूमिका रुचाइएको थियो ।

अघिल्लो बर्ष कहाँ भेटिएला चलचित्रमार्फत् उनी अभिनयमा होमिएका थिए । उनी पछिल्लो समय होटल व्यवसायमा पनि संलग्न थिए ।

दिल्लीस्थित एपोलो अस्पतालमा उपचाररत रहँदा श्रेष्ठले दिएको अडियो सन्देश : अडियो सुन्नु होश


##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar