Headlines News :
Home » » चार करोड मूल्य बराबरको सुनचाँदी बरामद

चार करोड मूल्य बराबरको सुनचाँदी बरामद

###
पर्सा, भदौ ६– जिल्ला प्रहरी कार्यालय पर्साले गएको आर्थिक वर्षमा झण्डै चार करोड मूल्य बराबरको सुन र चाँदी बरामद गरेको छ ।  आर्थिक वर्ष २०७०÷०७१ मा सुन ७ किलो ४ सय ५७ ग्राम र चाँदी ६९ किलो ७ सय ३४ ग्राम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
३ करोड ४६ लाख ७० हजार २ सय १० रुपैया बराबरको सुन र  ४८ लाख ६१ हजार १ सय २६ रुपैया बराबरको चाँदी गरि कुल तीन करोड ९५ लाख ३१ हजार ३ सय ३६ रुपैयाको सुन चाँदी बरामद गरिएको पर्साका प्रहरी उपरीक्षक धिरजप्रताप सिंहले जानकारी दिनुभयो ।
सुनसँगै २१ लाख २७ हजार ५ सय ८० रुपैया नगद पनि बरामद गरिएको प्रहरीले जनाएको छ । यसैगरी गत आर्थिक वर्ष २०७०÷०७१ मा पर्साका बिभिन्न स्थानबाट आठ सय २७ घनफिट काठ र काठ तस्करीमा प्रयोग भएका दुईवटा टयाक्टर सहित ११ जना काठ तस्करलाई पनि पक्राउ गरिएको प्रहरी उपरीक्षक सिंहले जानकारी दिनुभयो । 
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar