Headlines News :
Home » , » नेपालमा नयाँ दुई जनावर थपिए

नेपालमा नयाँ दुई जनावर थपिए

###
काठमाडौं, भदौ ६ - नेपालमा दुई नयाँ प्रजातिका जनावर फेला परेका छन् ।
राष्ट्रिय प्रकृति संरक्षण कोषका अनुसन्धानकर्ताले मुस्ताङको उपल्लो क्षेत्रमा नयाँ जनावर भेटाएका हुन् ।
कोषका बरिष्ठ संरक्षण अधिकृत मधु क्षेत्रीले क्यामरा ट्रयापबाट २ नयाँ प्रजातिहरू रहेको पत्ता लगाउनु भएको कोषले जनाएको छ ।

प्रजातिहरुमा स्थानीय भाषामा क्वाक भनेर चिनिन Steppe polecat Mustela evermanii र स्थानीय भाषामा चेङ्गु नामले चिनिने Tibetan wolf Canis lupus chanco छन् । यस अध्ययनबाट दुवै प्रजाति नेपालको हिमाली भेगमा रहेको कुरा पहिलोपटक प्रमाणित भएको छ । दुवै प्रजातिलाई यस अघि नेपालमा फेला पार्न सकिएको थिएन । कोषका अनुसन्धाकर्ताहरूले यसअघि मनाङ्मा Pallas' cat Otocolobus manul नामको प्रजाति फेला पारेका थिए । प्रजातिहरूको पहिचानले नेपालमा उपलब्ध स्तनधारी जनावरहरूको संख्या २ सय ११ पुगेको पुष्टि भएको छ । राष्ट्रिय प्रकृति संरक्षण कोषले शुक्रबार पत्रकार सम्मेलन गरी दुवै नयाँ प्रजाति नेपालमा उपलब्ध रहेको तथ्यलाई आधिकारिक रुपमा सार्वजनिक गरेको छ । कार्यक्रममा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभाग, अमेरिकी विकास नियोग (युएसएड), हरियो वन कायक्रम लगायत अगुवा संरक्षणकर्मीहरूको सहभागिता रहेको थियो ।

नर्वेस्थित हेडमार्क युनिभर्सिटी कलेजबाट बिद्यावारिधि गर्दै गरेका क्षेत्रीले गरेको यो अध्ययनका लागि कोषलाई अमेरिकी विकास नियोग (युएसएड) को सहयोगमा सञ्चालित हरियो वन कार्यक्रम, प्यान्थरा कप्लान ग्राजुयट अवार्ड र  हेडमार्क युनिभर्सिटी कलेजले पनि आर्थिक सहायता उपलब्ध गराएका छन् ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar