Headlines News :
Home » » यसरी बनाउनुस् काइदाको शरीर

यसरी बनाउनुस् काइदाको शरीर

###
चलचित्रका स्टारजस्तै तपाईं पनि आफ्नो शरीरमा सिक्स प्याक बनाउन चाहनुहुन्छ? राम्रो शरीर बनाउन त्यसका लागि गरिने कामहरू एकदमै महत्त्वपूर्ण हुन्छ। त्यसभन्दा जरुरी हुन्छ सही तरिका। शरीर बनाउने समयमा रातारात चमत्कार हुन्छ भन्ने नसोच्नुहोस्। यसको लागि समय लाग्छ। लगातारको प्रयासबाट मात्र नतिजा राम्रो पाउन सकिन्छ। शरीर बनाउनु पूर्व केही कुराहरूमा ध्यान पुर्‍याउनुपर्छ :

स्वास्थ्य परीक्षण

सबैभन्दा पहिले चिकित्सकसँग भेटेर शरीरको जाँच गराउनुहोस्। शरीरको अवस्था र आवश्यकता बुझ्नुपर्छ। कुनै पनि शारीरिक अभ्यास गर्नु अगाडि डाक्टरको सल्लाह लिनुहोस्। त्यसपछि मात्रै शरीर बनाउने अभ्यासतिर लाग्नुहोस्।

राम्रो जिमखाना चयन गर्नुहोस्

आफ्नो शरीरलाई बनाउन राम्रो जिम चयन गर्नैपर्छ, जहाँ प्रशिक्षकको मातहतमा रहेर शारीरिक अभ्यास गर्न सकियोस्। जिमको माहोल, वातावरण र स्थान पनि राम्रो हुनुपर्छ।

मांसपेशीलाई बलियो बनाउनुहोस्

गह्रौं तौल उठाउनुभन्दा पहिले आफ्नो मांसपेशीलाई बलियो बनाउनुपर्छ। मांसपेशीमा चोट लाग्नबाट बचाउनुपर्छ। एक पटक मांसपेशी बलियो भयो भने त्यसपछि गह्रौं तौल उठाउँदा पनि दुख्दैन र आरामले अभ्यास गर्न सकिन्छ।

तालिमका लागि साथी बनाउनुस्

जिममा तालिम लिँदा साथी बनाए राम्रो नतिजा पाउन सकिन्छ। साथीसँग आफूलाई दाँज्न सकिन्छ र सुधार गर्न सजिलो हुन्छ। साथै साथीसँग आवश्यक प्रतिक्रिया वा सुझाव माग्न पनि सजिलो हुन्छ।

शरीरको परिवर्तन बुझ्नुपर्छ

शरीर बनाउन सुरु गर्दै हुनुहुन्छ भने शरीरमा आउने सामान्य परिवर्तनलाई पनि ध्यान दिनुपर्छ। यसबाट अभ्यासमा सुधार गर्दै जान सजिलो हुन्छ। शरीरलाई आराम चाहिए जस्तो महसुस गर्नुभयो भने एक दिन आराम गर्नुहोस् तर यसैलाई निरन्तरता दिनुहुँदैन। अभ्यासलाई निरन्तरता दिन जरुरी छ।

स्ट्रेचिङ जरुरी

अभ्यासको समयमा स्ट्रेचिङ अवश्य गर्नुस्। यसबाट मांसपेशी बलियो हुन्छ। यसबाट शरीरमा लचिलोपन पनि आउँछ।

राम्रोसँग सास लिनुहोस्

अभ्यासको क्रममा ठीक समयमा सास लिनु सबैभन्दा महत्त्वपूर्ण हुन्छ। सासलाई ठीक तरिकाले लिँदा अभ्यासमा धेरै लाभ हुन्छ।

पर्याप्‍त निद्रा

अभ्यासको साथै पर्याप्त निद्रा शरीरको लागि नभई नहुने कुरा हो। त्यसैले सातदेखि आठ घन्टा निदाउनु जरुरी छ। त्यसो भयो भने मात्र तपाईंको शरीरले स्फूर्ति पाउन सक्छ।

सन्तुलित भोजन

अभ्यास गरेपछि सन्तुलित भोजन सेवन गर्नुपर्छ। यसबाट पूर्ण रूपमा शरीरमा पोषण प्राप्त हुन्छ। सन्तुलित भोजनले शरीरमा प्रोटिनको मात्रा पर्याप्त हुन्छ।

सधैं वार्मअप गर्ने

गाह्रो अभ्यास गर्नुपूर्व वार्मअप गर्नैपर्छ। यसले शरीरमा अचानक धेरै दबाब पर्दैन। वार्मअपले शरीरलाई लचिलो बनाउँछ।

सही लक्ष्य

शरीर बनाउनका लागि यस्तो लक्ष्य बनाउनुहोस् जुन साँच्चै सम्भव होस्। तबमात्र त्यसलाई समयमै पूरा गर्न सकिन्छ। यो काम एक दिन वा हप्ताको होइन वर्षौंको अभ्यासपछि मात्र तपाईंको शरीर सही आकारमा आउँछ। र यसलाई सधैं सन्तुलन गर्नुपर्छ।

हरेक दिन फरक अभ्यास

हरेक दिन एकै खालका अभ्यास नगर्नुहोस्। नयाँ दिनसँगै नयाँ अभ्यास गर्ने प्रयास गर्नुहोस्। यसले शरीरलाई हरेक किसिमले बलियो बनाउन सजिलो हुन्छ।

समयतालिका

यति समयमा शरीरलाई यस्तो बनाउनुपर्छ भनेर योजना बनाउनुपर्छ। यस्तो गर्दा तपाईं आफ्नो लक्ष्य पाउन जस्तोसुकै मेहनत पनि गर्न सक्नुहुन्छ।

-एजेन्सीको सहयोगमा
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar