Headlines News :
Home » , » श्रीकृष्णले भनेका थिए, 'मेरो शव नेपाल नलैजानू'

श्रीकृष्णले भनेका थिए, 'मेरो शव नेपाल नलैजानू'

###
सरकारी सम्मानका साथ अन्त्येष्टी गर्ने तयारी
काठमाडौ, श्रावण २५ - चलचित्र नायक श्रीकृष्ण श्रेष्ठको शव नेपाल ल्याउने तयारी गरिएको छ । भारतको दिल्लीस्थित एपोलो अस्पतालमा उपचारको क्रममा शनिबार राति उनको निधन भएको हो । आफ्नो शव नेपाल नलैजान दाजू मिनकृष्णसँग अनुरोध गरेका थिए ।

'प्रसंशकहरुलाई पीडा हुन्छ भनेर श्रीकृष्णले आफ्नो शव नेपाल नलैजान दाजू मिनकृष्णसँग मृत्यु अघि नै अनुरोध गरेका रहेछन्', श्रीकृष्णका दाजू मिनकृष्णको भनाई उद्धृत गर्दै कार्यक्रम रजतपटका सञ्चालक प्रकाश सुवेदीले भने,'तर उनी राष्ट्रका गहना भएकाले उनको शवलाई सरकारी सम्मानसाथ नेपाल ल्याउने तयारी भइरहेको छ ।'

श्रीकृष्णको शवलाई सरकारी खर्चमा नेपाल ल्याउन लागिएको सुवेदीले जानकारी दिए । कलाकारहरुले आज बिहान सञ्चारमन्त्री मिनेन्द्र रिजाल, परराष्ट्र मन्त्री महेन्द्र पाण्डे र संस्कृतिमन्त्री भीम आचार्यलाई भेटेर शव नेपाल ल्याउनको लागि पहल गरिदिन आग्रह गरेका थिए ।

अहिले दिल्लीस्थित नेपाली दुतावासका कार्यवाहक प्रमुखसहित अन्य पदाधिकारी एपोलो अस्पतालमा छन् । एमाले अध्यक्ष केपी ओलीको आग्रह पछि भारतीय सरकारी अधिकारीसमेत अस्पताल पुगी श्रेष्ठको शवलाई नेपाल ल्याउन सहयोग गरिरहेका छन् ।

शवलाई नेपाल ल्याउन काठमाडौंबाट उनका दाजूसहित तीन जना आफन्त बिहान दिल्ली गएका छन् । दिल्लीमा श्रेष्ठ पत्नी श्वेता र दाजू मिन छन् ।

श्रीकृष्णको शवलाई नेपाल ल्याएर अन्ति श्रद्धाञ्जलीको लागि नेपाल प्रज्ञा प्रतिष्ठानमा राख्ने तयारी गरिएको छ । चलचित्र विकास बोर्डले यसबारे निर्णय गर्ने सुवेदीले जानकारी दिए ।

श्रेष्ठका ८६ बर्षीय आमा छिन् ।

एक सय बढी नेपाली चलचित्रमा अभिनय गरेका श्रेष्ठले असार २३ गते नायिका श्वेता खड्कासँग विवाह गरेका थिए । स्वास्थ्य समस्या देखिएपछि उनी असार २७ गते दिल्ली पुगेर एपोलो अस्पताल भर्ना भएका थिए ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar