|
###
|
काठमाडौं : पश्चिम अफ्रिकामा महामारीको रूप लिइरहेको इबोला भाइरस नेपालमा पनि भित्रन सक्ने जोखिम उच्च देखिएको छ। तर सरकारले भने यसलाई भित्रिन नदिन अहिलेसम्म कुनै सतर्कता अपनाएको छैन।
विश्व स्वास्थ्य संगठनको नेपालस्थित कार्यालयमा कार्यरत डा. रवि काफ्लेले कामका लागि अवैध रूपमा अफ्रिकी र आसपासका देश पुगेका नेपाली र त्यस क्षेत्रबाट आउने पर्यटकले इबोला भाइरस भित्र्याउने सम्भावना उच्च रहेको बताए।
इबोलाले पश्चिम अफ्रिकाका गिनी, नाइजेरिया, लाइबेरिया, सियरा लियोनलगायतका मुलुकमा एक हजार सात सयजनाको ज्यान लिइसकेको छ। इबोला नियन्त्रणमा आउन नसकेपछि विश्व स्वास्थ्य संगठनले संकटग्रस्त क्षेत्र घोषणा गरी निगरानी गरिरहेको छ।
इबोला संक्रमण भएको १४ देखि १५ दिनपछि मात्र संक्रमित मानिसले बढी असहज महसुस गर्ने र त्यो अवधिमा सम्पर्कमा आएका अन्य व्यक्ति लाई पनि सर्ने सम्भावना उच्च रहने काफ्लेले बताए। इबोला रोकथामका लागि अहिलेसम्म खोप विकास गर्न सकिएको छैन भने उपचारमा पनि चिकित्सक असफल भइरहेका छन्।
विदेश आवतजावत गर्ने नेपालका कुनै पनि नाकामा हेल्थ डेस्क नभएका कारण पनि इबोला भित्रिन सक्ने सम्भावना प्रबल रहेको विज्ञको भनाइ छ।
युरोपेली र एसियाली मुलुकमा समेत इबोलाका शंकास्पद बिरामी भेटिन थालेका छन्। 'अमेरिका, बेलायत, मोरोक्को, भारतलगायतका मुलुकमा समेत इबोलाको संक्रमण भएको आशंकामा बिरामीको उपचार सुरु गरिएको छ', काफ्लेले भने, 'सोही कारण नेपाल पनि यसको जोखिममा रहेको भन्न सकिन्छ।' उनले इबोला संक्रमित रगत, दिसापिसाब, थुक या संक्रमित मानिसका अरू तरल पदार्थ, अंग वा मृतशरीर व्यवस्थित नगरिएमा अरूमा सर्नसक्ने बताए।
पाटन असपतालका डा. अर्जुन कार्कीले भने इबोलाको संक्रमण एकअर्कामा छिट्टै नसर्ने भए पनि यसले मानिसलाई आक्रमण गरिसकेपछि बाँच्ने सम्भावना निकै कम रहने बताए। उनले भने, 'इबोलाको संक्रमण पुष्टि भएपछि मानिस बाँच्ने सम्भावनालाई उसको रोगप्रतिरोधात्मक क्षमताले पनि निधारण गर्छ।'
स्वास्थ्य मन्त्रालयअन्तर्गत रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. मानसकुमार बर्नजीले उक्त क्षेत्रका संक्रमित मानिससँग नेपालका कुनै स्वस्थ मानिस सम्पर्कमा गएमा सर्ने जोखिम उच्च हुने बताए। स्वास्थ्य मन्त्रालयका एक चिकित्सकले भने, 'इबोला प्रभावित क्षेत्रमा सयौं शान्तिसेना पठाउने सरकार भने अहिलेसम्म यसबारे बेखबर छ।'
भारतले समेत इबोला र अन्य संक्रमण भित्रिन नदिन आफ्नो अन्तर्राष्ट्रिय विमानस्थलमा स्वास्थ्य जाँच गर्ने व्यवस्था गरिसकेको छ। नेपालमा भने संक्रमण भित्रिन नदिन अहिलेसम्म छलफलसमेत भएको छैन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हेल्थ डेस्क सञ्चालनमा ल्याउने पाँच वर्षदेखिको योजना कार्यान्वयन हुन सकेको छैन।
रोग नियन्त्रण महाशाखाका प्रमुख डा. बाबुराम मरासिनीले भने, 'इबोला नेपालमा जुनसुकै बेला भित्रन सक्छ तर नेपालका तर्फबाट कुनै सुरक्षाका उपाय अपनाउन सकिएको छैन। विमानस्थलमा यस वर्ष जसरी पनि हेल्थ डेस्क सञ्चालन गर्ने भनेर अर्थ मन्त्रालयसँग बजेट माग गरिरहेका छौं तर बेवास्ता गरिएको छ।'
विमानस्थलसँगै सीमा जोडिएका तातोपानी, काँकडभिट्टा, विराटनगर, वीरगन्ज, भैरहवा, नेपालगन्ज, महेन्द्रनगरलगायत आठवटा नाकामा विशेष हेल्थ डेस्क स्थापना गर्ने तयारी थियो। हेल्थ डेस्कमा चिकित्सक, नर्स, ल्याब टेक्निसियनलगायत स्वास्थ्यकर्मीको टोली दैनिक खटाउने योजना छ।
विदेशबाट भित्रिन रोगको रोकथामका लागि एउटा निकायले मात्र चासो दिएर नहुने मरासिनीले बताए। इबोला भित्रियो भने नेपालमा यसअघिका अन्य महामारीको भन्दा दोब्बर मानिसको ज्यान जानसक्ने उनको अनुमान छ। 'संक्रमित हुनेबित्तिकै उपचार पाए बाँच्न पनि सक्छन्', मरासिनीले भने, 'तर नेपालमा रोग पत्ता लगाउन महिनौं धाउनुपर्छ।'
सुरुमा रुघाखोकीजस्तो लक्षण बिस्तारै आँखा या गिजाबाट रगत बग्ने र आन्तरिक रक्त स्राव हुनेतिर मोडिन्छ। अन्तत: शरीरका संवेदनशील अंगले काम नगर्ने स्थितिमा पुर्याउँछ। अचानक ज्वरो आउने, कमजोर महसुस हुने, हातखुट्टाका जोर्नी दुख्ने पनि इबोलाका लक्षण हुन्। यस्ता बिरामीले छुट्टै बस्नुपर्छ भने तत्काल स्वास्थ्यकर्मीकहाँ पुगिहाल्नुपर्छ।
विश्व स्वास्थ्य संगठनका नेपालस्थित कार्यालय प्रमुख डा. लिङ अङले भने, '३८ वर्षअघि पहिलोपटक यो भाइरस पत्ता लागेपछि दर्जनौं महामारी भएका छन् तर ती महामारी यसपालिजस्तो धेरै लम्बिएका थिएनन्। यसबाट बच्न सबै मुलुकका सरोकारवाला निकाय र नागरिक सचेत हुनुपर्ने बेला आएको छ।'
तथ्यांकअनुसार पछिल्लो समयमा भारत, चीन, जापान, बंगालादेश, श्रीलंका, कतार, साउदी अरेबिया, मलेसियासहित अफ्रिकी मुलुकबाट औलो, स्वाइनफ्लु, एन्फ्लुएन्जा 'ए' (एच वान एन वान), बर्ड फ्लु (एच सेभेन एन नाइन), चिकन गुनिया, हैजा, डेंगु, कालाजारलगायतका रोग नेपाल भित्रने क्रम बढेको छ।

##
|
.jpg)

0 comments:
...