Headlines News :
Home » » भात खानुका फाइदै फाइदा

भात खानुका फाइदै फाइदा

###
कतिपय मान्छेहरु मोटोपन बढेपछि भात खान छोड्छन् किन भने उनीहरु ठान्छन् कि भातले मोटो पनि बढाउँछ ।



तर अमेरिकाको हेल्थ एण्ड न्यूट्रिशन एक्जामिनेशन सर्वे (एनएचएएनईएस) ले गरेको अध्यनले भात खाँदा  स्वास्थ्यका लागि धेरै फाइदा हुने देखाएको छ ।





भात पोषक तत्वले भरिपूर्ण रहेको र यसले मोटो पन घटाउन पनि मद्धत गर्छ ।

शोधकर्ताहरुले २००५ देखि २०१० सम्म १४ हजार ३ सय ८६ अमेरिकीमाथि अध्यन गरेर यो निष्कर्ष निकालेका हुन् ।

प्रमुख शोधकर्ता थेरेसा नकलसका अनुसार भातमा पोटाशियम म्यग्नेशियम, आइरन, फोलेट र फाइबर जस्ता पोषक तत्व अधिक मात्रामा  हुन्छ भने सैचुरेटेड फ्याट्स र शुगर कम मात्रा मात्रामा हुन्छ ।

यसैकारण भात तौल घटाउनका लागि निक्कै फाइदाजनक मानिन्छ ।




भातको साथमा फल साग सब्जी र गेडागुडी पनि खाँदा शरीर फिट राख्न सहज  हुने शोधकर्ताको भनाइ छ ।





भातले पेट भरिएको आभास छिटो दिने हुँदा पनि अधिक खाना खानबाट बचाउने शोधकर्ताको तर्क छ ।



##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar