|
###
|
वाग्मती नदी सफाइ अभियानले ६५औँ सातासम्म पनि निरन्तरता पाएको छ ।
सरकारका मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, नेपालका लागि कोरियाली राजदूत चोइ योङ जिन र कोरियाली सहयोग नियोगका नेपाल प्रतिनिधि हाइङ लान जोसहित ६० भन्दा बढी कोरियाली नागरिक र विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरु २४ साउन, शनिबार वाग्मती नदीको सरसफाइमा सहभागी भएका छन् ।
शनिबारमात्रै सङ्कलित ४६ टन फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईले जानकारी दिए ।
अभियानकै क्रममा टेकु आसपासमा २०० वृक्ष रोपणसमेत गरिएको छ । काठमाडौँ उपत्यका विभिन्न कलेजका विद्यार्थीहरुको पनि अभियानमा सहभागिता रहेको समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिए ।
अव्यवस्थित फोहरमैला तथा ढल निकासका कारण वाग्मती नदी जैविक तथा वातावरणीय जोखिममा पर्दै गएकाले अभियानलाई निरन्तता दिइएको हो ।
प्रत्येक साता शनिबार चलाइएको अभियानले जनतामा वाग्मती सफाइप्रति सकारात्मक सन्देश गएको मुख्य सचिव पौड्यालले बताएका छन्् ।
सरकारका मुख्य सचिव लीलामणि पौड्यालको नेतृत्वमा विज्ञान प्रविधि तथा वातावरण मन्त्रालयका सचिव डा कृष्णचन्द्र पौडेल, नेपालका लागि कोरियाली राजदूत चोइ योङ जिन र कोरियाली सहयोग नियोगका नेपाल प्रतिनिधि हाइङ लान जोसहित ६० भन्दा बढी कोरियाली नागरिक र विभिन्न सामाजिक संघसंस्थाका पदाधिकारीहरु २४ साउन, शनिबार वाग्मती नदीको सरसफाइमा सहभागी भएका छन् ।शनिबारमात्रै सङ्कलित ४६ टन फोहर काठमाडौँ महानगरपालिकाले व्यवस्थापन गरेको नेपाल उद्योग वाणिज्य महासङ्घका केन्द्रीय सदस्य राजकुमार भट्टराईले जानकारी दिए ।
अभियानकै क्रममा टेकु आसपासमा २०० वृक्ष रोपणसमेत गरिएको छ । काठमाडौँ उपत्यका विभिन्न कलेजका विद्यार्थीहरुको पनि अभियानमा सहभागिता रहेको समाजशास्त्री पुरुषोत्तम कँडेलले जानकारी दिए ।
अव्यवस्थित फोहरमैला तथा ढल निकासका कारण वाग्मती नदी जैविक तथा वातावरणीय जोखिममा पर्दै गएकाले अभियानलाई निरन्तता दिइएको हो ।
प्रत्येक साता शनिबार चलाइएको अभियानले जनतामा वाग्मती सफाइप्रति सकारात्मक सन्देश गएको मुख्य सचिव पौड्यालले बताएका छन्् ।
|
##
|

0 comments:
...