Headlines News :
Home » » सभासदले राखे कुकुरलाई ‘राष्ट्रिय जनवार’ बनाउने प्रस्ताव

सभासदले राखे कुकुरलाई ‘राष्ट्रिय जनवार’ बनाउने प्रस्ताव

###
थापा भन्छन्-गाई त हाम्रो आहारा हो
९ भदौ, काठमाडौं । व्यवस्थापिका संसदको बैठकमा नेपालको राष्ट्रिय जनावर गाइ हटाएर कुकुरलाई बनाउने प्रस्ताव गरिएको छ ।
राष्ट्रिय जनमुक्ति पार्टीका सभासद शिवलाल थापाले गाई आदिवासी जनजातिको आहारा भएको भन्दै कसैले पनि मासु नखाने कुकुरलाई राष्ट्रिय जनावर बनाउन प्रस्ताव गरेका हुन् ।
गोरखामा गाई काटेर खाने क्रममा प्रहरीसँगको झडपमा घाइते भएका ल्हाक्पा तामाङको मृत्यु भएको भन्दै थापाले संसदमा भने-’गाई हाम्रो आहारा हो । त्यसैले अब कुकुरलाई राष्ट्रिय जनावर बनाउन संविधानमा लेखौं ।’
नेपालको संविधानले राष्ट्रिय जनावरका रुपमा मानेको छ र यसको हत्या गर्नु दण्डनीय मानिन्छ ।
यसअघि अघिल्लो संविधानसभाको संवैधानिक समितिमा एमाओवादीका तत्कालीन सभासद देव गुरुङले राष्ट्रिय झण्डा फेर्ने प्रस्ताव राखेका थिए भने नेपाल सद्भावना पार्टीकी सरिता गिरीले देशको नाम फर्नु पर्ने बताएकी थिइन् ।
संसदमा विवादस्पद प्रस्ताव राखेका सभासद थापाले अनलाइनखबरसँग कुरा गर्दै आफूले राष्ट्रिय जनावर कुकुर र राष्ट्रिय पन्छी गिद्धलाई बनाउन संविधानसभामा पनि प्रस्ताव राख्ने बताए । थापाले भने-’हिन्दूहरुले गाईलाई माता मानेर पुज्छन, तर, हामी गाईलाई आफ्नो मुख्य आहारा मान्छौं । त्यसैले कुकुर, हात्ती वा गैंडालाई राष्ट्रिय जनावर बनाउँ ।’
उनले राष्ट्रिय पन्छी डाँफे आदिवासीको आहारा भएको बताए । सिनो खाएर वातावरण जोगाउने गिद्धलाई राष्ट्रिय पन्छी घोषणा गर्न आफूले प्रस्ताव लगेको उनले बताए ।
‘हिन्दूहरुको अपमान गर्न खोजेको होइन’
गाईलाई नेपाल भारत लगायत विश्वभरका हिन्दूहरुले पूजा गर्छन् । ‘तर मरेको गाईको मासु हिन्दू धर्माबलम्बी सार्कीलाई किन खान लगाइन्छ ?’ थापाले भने ‘मरेको बाख्रो खान पल्किएको बाघले जिउँदो पनि खान्छ ।’
सभासद थापाले आफ्नो उद्देश्य हिन्दूहरुको अपमान गर्नु नभएको बताउदै भने-रोल्पामा बाहुन क्षेत्रीका घरमा पनि गाईको मासु झुण्ड्याइएको हुन्छ, नपत्याए घर्तीगाउँमा जानुस्, त्यहाँ प्रहरी चौकीमा पनि गाइको मासु खान्छन् ।’
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar