Headlines News :
Home » » साबधान ! यो घडी लगाएर गाडी चलाए जेल परीएला

साबधान ! यो घडी लगाएर गाडी चलाए जेल परीएला

###
 एप्पलले हालै सार्वजनिक गरेको र अर्को वर्षदेखि बजारमा आउने भनिएको स्मार्टवाच ‘एप्पल वाच’ ले सवारी चालकलाई जेल पूराउने खतरा छ ।

सवारी विज्ञहरुले गाडी चलाउने चालकहरुका लागि एप्पलको स्मार्टवाच खतरनाक हुने चेतावनी दिएका छन् ।

 यो स्मार्टवाचमा फोनकल उठाउन मिल्ने, मेसेज चेक गर्न मिल्ने तथा आफ्नो स्वास्थ्य सम्बन्धि विभिन्न तथ्य समेत जाँच गर्न मिल्ने भएकाले गाडी चलाइरहेका बेला समेत चालक यो ग्याजेट चलाउन लालायित हुने र त्यसरी दुर्घटना तथा सवारी नियम उल्लंघनका घटना बढाएर चालकलाई सजायको भागिदार बनाउने खतरा रहेको बताइएको छ ।

सवारी चलाउँदा मोबाइलको प्रयोगका कारण हुने दुर्घटना जस्तै एप्पलको स्मार्ट वाचले पनि त्यस्तै घातक दुर्घटना निम्त्याउने सक्ने र त्यसबाट सवारी चालक सजायको भागिदार हुने डेलीमेलले लेखेको छ ।
लण्डनमा रहेको इन्स्िटच्युट अफ एडभान्स्ड मोटोरिस्टले यस्ता खाले स्मार्ट वाचले ड्राइभिङमा उल्लेखनीय खलल पूराउन सक्ने चेतावनी दिएको छ ।

यो संस्थाले बेलायतमा सन् २००६ देखि २०१० सम्म गरेको अध्ययन अनुसार त्यहाँ सो अवधिमा स्मार्टफोनकै कारण १,९६० वटा सडक दुर्घटना भए जसमध्ये १ सय १० दुर्घटना घातक थिए ।

 अझ मोबाइल एउटै हातले समेत चलाउन सकिने तर स्मार्टघडीको प्रयोग गर्दा दुबै हातको प्रयोग हुने भएकाले त्यसले गम्भीर सवारी दुर्घटनाको जोखिम अझै बढाउने चेतावनी विज्ञको छ ।

उता बेलायतको यातायात मन्त्रालयले गाडी चलाइरहेको बेला एप्पल वाचको प्रयोग गरेमा मोबाइल प्रयोग गरे जत्तिकै सजाय गरिने स्पष्ट पारिसकेको छ ।

बेलायतमा सवारी चलाउँदा मोबाइल प्रयोग गरेमा विभिन्न ३ चरणमा गरी १ सय पाउण्ड सम्म जरिवाना तथा २ वर्ष सम्म कैद हुन्छ भने अमेरिकामा १० हजार डलर सम्म जरिवाना र १ वर्षसम्म कैद हुन्छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar