Headlines News :
Home » » बलात्काराकी सिकार भएकी महिलालाई गालि गरि उल्टै घर निकाला

बलात्काराकी सिकार भएकी महिलालाई गालि गरि उल्टै घर निकाला

###
 कञ्चनपुर, असोज ३ – कञ्चनपुरको देखतभूली ढक्काकी एक बलात्कृत महिलालाई घर निकाला गरिएको छ । घर परिवार र गाउँलेले गालीगलौज र कुटपिट गर्दै घर निकाला गरेपछि १७ वर्षीया ती विवाहित युवती न्याय खोज्दै सदरमुकाम महेन्द्रनगर पुगेकी छन् ।

दक्षिणी क्षेत्रको ढक्काकी ती महिलालाई गत साउन २ गते दैजीस्थित फूपूको घर गइरहेको समयमा दुई जनाले त्यहाँ पु–याइ दिन्छौँ भन्दै चोरपानी जङ्गलमा लगेर बलात्कार गरेका थिए । प्रहरीले स्थानीयको सहयोगमा बलात्कारमा संलग्न दुवै जनालाई पक्राउ गरी जबर्जस्ती करणीमा मुद्दा दर्ता गरेको थियो ।

मुद्दा दर्तापछि बलात्कारमा संलग्नका परिवार र महिलाका परिवारले आर्थिक लनेदेन गरी अदालतमा महिलालाई बकपत्र बदल्न लगाएका थिए । त्यसका लागि पीडकका परिवारले रु दुई लाख ५० हजार दिएको आशङ्का गरिएको छ ।

दुवै पक्षको सहमतिमा बकपत्र बदलेर घर फर्किएकी उनलाई गत भदौ १९ गते स्थानीय महिला र घर परिवारले गालीगलौज गर्दै घरबाट निकालेका हुन् ।

घरबाट निकाला गरिएपछि सदरमुकाम आएकी उनी अधिकारकर्मीको सहयोगमा महिला तथा बालबालिका कार्यालयको सेवा केन्द्रमा बसेकी छन् । महिला मानवअधिकार रक्षक सञ्जालको सहयोगमा उनले आफ्ना ससुरासहित १२ जनाविरुद्ध घरेलु हिंसामा उजुरी दिएकी छन् ।

उनले आफ्नो उजुरीमा आर्थिक लेनदेनसमेत गरिएको उल्लेख गरेकी छन् । बकपत्र फेरिएपछि पूर्पक्षका लागि कारागार चलान गरिएका दुवै जना छुटेका छन् । अधिकारकर्मी भगवती थापाले जघन्य अपराधमा बिना दबाब र सहयोगबिना मिलेमतो हुन नसक्ने बताइन् ।

माथिको समाचार संग समन्धित भिडियो हेर्न तल चलिरहेको भिडियो माथिको एडलाई एक पटक क्लिक गरेर हटाउनुहोला र आफुले लिन चाहेको जानकारी लिनुहोला !
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar