Headlines News :
Home » » किन पिउने दुध ? थाहा पाउनुस् उमेरसमूह अनुसार यसको प्रभाव

किन पिउने दुध ? थाहा पाउनुस् उमेरसमूह अनुसार यसको प्रभाव

###
दुध हाम्रो आहाराको महत्वपूर्ण हिस्सा हो । दुधमा प्रोटिन, खनिज र भिटामिनजस्ता पौष्टिक तत्वको प्रचुर मात्रा पाइने गर्दछ । हरेक उमेर समूहका मानिसलाई दुध किन आवश्यक हुन्छ भन्ने विषयमा हामी जानकारी दिँदैछौँ ।

बाल्यकालः 
बाल्यवस्थामा शरिरिक र मानसिक विकास तिव्र रुपले हुने हुँदा बच्चाहरुलाई गुलियो पेय पदार्थभन्दा दुध दिनु राम्रो मानिन्छ । दुधमा पाइने प्रोटिन सन्तुलित एमिनो एसिडबाट बन्ने गर्दछ जुन जैविक रुपमा उपलब्ध हुने गर्दछ । दुध सजिलै पच्ने भएका कारण शरिरभित्र यसको प्रयोग निकै प्रभावकारी ढङ्गले हुने गर्दछ ।


दुधको क्याल्सियम बच्चाको बढिरहेको हड्डी, दाँत र मस्तिष्कलाई बलियो बनाउन मद्दत गर्दछ । अतिरिक्त पोषण तत्वले भरपूर दुधमा भिटामिन डी पाइने गर्दछ । यो निकै महत्वपूर्ण भिटामिन हो जसले हड्डीलाई बलियो बनाउने गर्दछ । यसले रातो रक्त कोशिकाहरुको उत्पादनलाई बढाउने गर्दछ । यसले पाचन प्रणालीलाई बढाउने कार्य गर्दछ र रोग प्रतिरोधात्मक क्षमतालाई साहारा दिने गर्दछ । ११ वर्ष उमेर समूहका बच्चाहरुलाई दिनहुँ थोरैमा पनि दुई पटक दुध र डेरी प्रडक्ट खुवाउनु आवश्यक छ ।

किशोरावस्थाः 
बलियो हड्डीका लागि कोशोरावस्थामा पनि गुलियो पेय पदार्थभन्दा दुध खानु नै उपयुक्त मानिन्छ किनभने यो अवस्थामा शरिररको असाधारण परिवर्तन हुने गर्दछ ।

तसर्थ यतिबेला शरिरलाई हर्मोन्स सम्बन्धि, मांसपेशी र रक्त संचारको अधिकतम विकासका लागि उर्जायुक्त पोषक तत्वको आवश्यक पर्ने हुन्छ । किशोरावस्था एउटा यस्तो समय हो जतिबेला हड्डी बलियो हुने गर्दछ । यस्तो अवस्थामा दुध निकै लाभदायक हुने गर्दछ ता कि तपाईंले कहिलेपनि हड्डी कमजोर हुने समस्या भोग्नु नपरोस् र ओस्टियोपोरोसिसको समस्या पनि झेल्नु नपरोस् ।

वयस्क अवस्थाः 
वयस्क अवस्थामा पनि शरिरको क्याल्सियमको आवश्यकता हुने गर्दछ । भिटामिन डी र फोस्फोरसको अलावा पनि सबै उमेरका वयस्कका लागि हड्डी कमजोर हुने खतरा हुने गर्दछ त्यसकारण दुध मानिसको जुनसुकै अवस्थाको लागि पनि आवश्यक हुने तत्व हो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar