Headlines News :
Home » » मलेसिया र दुबईका नेपाली कामदारमार्फत सुन तस्करी

मलेसिया र दुबईका नेपाली कामदारमार्फत सुन तस्करी

###
१५ असोज, काठमाडौं । वैदेशिक रोजगारमा मलेसिया र दुबई गएका कामदारलाई भरिया बनाएर सुन तस्करी हुन थालेको छ । घर फर्कने क्रममा उनीहरुलाई तस्करले सुन बोकाएर तस्करी गर्न थालेका हुन् ।
प्रहरीले यसरी सुन तस्करी गर्ने सिन्धुपाल्चोकका उमेश गुरुङलाई ३५ किलो सुनसहित पक्राउ गरृेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले शनिबार बेलुका उनलाई महाराजगन्जबाट पक्राउ गरेको नयाँ पत्रिकामा खबर छ ।
मलेसियाबाट फर्किएका कामदारले ल्याएको सुन अन्तर्राष्ट्रिय विमानस्थलबाट लिएर फर्कँदै गर्दा गुरुङ पक्राउ परेका हुन् । मलेसियाबाट फर्किएका दुई कामदारले सुनको विस्कुट गुरुङलाई ल्याइदिएका थिए ।
ठूलो मात्रामा सुन तस्करी गर्दा प्रहरीले पक्राउ गर्न थालेपछि वैदेशिक रोजगारीमा गएका कामदारलाई प्रयोग गरी सानो मात्रामा सुन तस्करी हुन थालेको हो । महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख एसएसपी पुष्कर कार्की भन्छन्-‘सुन तस्करीको नयाँ तरिका फेला परेको छ, सुरक्षित तस्करी गर्न यस्तो तरिका अपनाएको हुनसक्छ ।’
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar