###
![]() |

थप बिजुली आयातनिम्त भारतीय सीमा क्षेत्रका प्रसारण लाइन मर्मत र स्तरोन्नति गर्न प्राधिकरणले भारतीय सरकारी अधिकारीसँग वार्ता गरिरहेको नागरिक दैनिकमा खबर छ । विद्युत ब्यापार कर्पोरेसन (पीटीसी) सँग यसबारे वार्ता गर्न प्राधिकरण प्रसारण निर्देशनालयका निमित्त उप-कार्यकारी निर्देशक कन्हैयाकुमार मानन्धर, इन्जिनियर अनिल राजभण्डारी र मनिलनिधि तिवारी नयाँ दिल्ली पुगेका छन् ।
भारतीय उर्जा मन्त्रालयका अतिरिक्त सचिव देवेन्द्र चौधरीको संयोजकत्वमा थप विजुली ल्याउनेबारे आइतबार र सोमवार वार्ता भएको प्राधिकरणका निमित्त कार्यकारी निर्देशक रामचन्द्र पाण्डेले बताए ।
##
![]() |
0 comments:
...