Headlines News :
Home » , » गुल्मेली जनताको तर्फबाट धन्यवाद नेपाली सेनालाई

गुल्मेली जनताको तर्फबाट धन्यवाद नेपाली सेनालाई

###
नेपाली सेनाद्वारा समय अगावै रिडी–रुद्रवेणी सडक पुन निर्माण सम्पन्न

गुल्मी, २ असोज । विगत २६ वर्षदेखि ज्यानै जोखिममा मोलेर सवारी साधनहरुमा यात्रा गर्न विवश वनेका गुल्मेली जनताहरुमा यतिवेला थप खुसि थपिएको छ । पाल्पा, गुल्मी र स्याब्जाको संगमस्थल गुल्मीको रिडीवाट रुद्रवेणीसम्मको करिव आठ किलोमिटर सडक खण्ड नेपाली सेनाले पुर्ननिर्माण सम्पन्न गरेपछि यात्रुहरुमा यस्तो खुसि थपिएको हो ।

रिडीदेखि रुद्रवेणीसम्मको सडक अत्यन्तै साँघुरो, कडा चट्टान र अग्लो भीर जस्ता कारण अत्यन्तै जोखिमपूर्ण थियो । उक्त सडकमा यात्रा गर्दा अधिकांस यात्रुहरु कतिवेला कहाँ के हुने हो भन्ने मनमा त्रास लिएर भगवानको नाम जप्दै यात्रा गर्दै आएका थिए । रिडीवाट अघि वढ्दै गएपछि रिडी र रुद्रवेणीको मध्य भाग साँघुरेमा पुग्दा त यात्रुहरुलाई आफ्नै अगाडि वसको पछिल्लो भागको आधा टायर सडकवाहिरवाट नाच्दै नाच्दै गुडिरहेको देख्दा रामराम भनि आँखा छोप्दै मुटु भक्कानिदै यात्रा गर्नु पर्ने वाध्यता थियो । उक्त सडकलाई पुर्ननिर्माण गर्नका लागि गुल्मीका राजनैतिक दलहरु, समाजसेवी एवं नेपाल सरकारमा मुख्य जिम्मेवारी वहन गरेका कर्मचारीहरुको पहलमा सरकारले गत चार महिना अघि नेपाली सेनालाई निर्माण कार्य गर्ने जिम्मेवारी दिएको थियो । जसकालागि नेपाल सरकाले ५ करोड ८० लाख रुपैयाँ रकम उपलव्ध गराउने भएको छ ।
हर्मिचौर स्थित नेपाली सेनाले उक्त निर्माणको जिम्मेवारी लिएको थियो । सेनालाई २.५ किलोमिटर कडा चट्टान काट्नकालागि सरकाले जिम्मेवारी दिएपछि गत जेठ १६ गतेदेखि सडक पूर्ण रुपमा वन्द गरेर सेनाले निर्माण शुरु गरेको थियो । काम सम्पन्न गर्न दिएको समयावधि भन्दा नौं दिन अघि नै सेनाले काम सम्पन्न गरेपछि यतिवेला नेपाली सेनाले गरेको काम प्रति सवै गुल्मेलीहरु दंग परेका छन् । “यस्तो काम अरु कुनै निर्माण व्यवसायीलाई जिम्मा दिएको भए सायद यस्तो रफ्तारमा यति चाँडै यसरी रक कटिङ्ग गर्ने जस्तो कार्य गत वैशाखमा श्री काली गण्डकि करिडोर, सडक निर्माण कार्यदल काम समय अवधि अगावै सम्पन्न गर्न सम्भव थिएन ।” उक्त पुर्ननिर्माण सडकको उद्घाटन गर्न गुल्मी आई पुगेका पुर्व अर्थ सचिव युवराज भुसालले भने । उनले उक्त सडक मुस्ताबदेखि सुनौलीसम्मको लागि पर्यटकीय गन्तव्य मार्ग हुने वताए ।
सेनालाई दिएको जिम्मेवारी अनुसार उक्त सडकलाई ७.५ (साढे सात) मिटर चौडा वनाउनु पर्ने जिम्मेवारी थियो तर सेनाले कतिपय ठाउँहरुमा १२ देखि २५ मिटरसम्म सडक चौडा वनाएको छ । जसका कारण सडक फराकिलो वनेको छ । “वर्षादको समय, अति नै जोखिम पूर्ण ठाउँ, समयमै काम सम्पन्न गर्नु पर्ने जिम्मेवारी यी सवै कुरालाई मनन् गर्दै ज्यान जोखिममा राखेर भएपनि काम सम्पन्न गरियो, धन्न मानवीय क्षती व्यहोर्नु परेन ।” श्री काली गण्डकि करिडोर, सडक निर्माण कार्यदल हर्मिचौर स्थित नेपाली सेनाका प्रमुख सेनानी रेश्मीराज भट्टराईले भने – काम गर्दा गर्दै अवेला भएर कहिलेकाही जंगलमै वास पनि वसियो ।” रिडि–रुद्रवेनी –वामीटक्सार मोटरबाटो उपभोक्ता समितिका सदस्य पारिश्वर ढकालले अब उक्त बाटो दोस्रो युगमै प्रवेश गरेको बताए । ।।।यो बाटोको चौंडाई बढाउन ठूलो कसरत भएको हो तर सामान्य स्रोत साधनले काम गर्न सम्भव थिएन, धेरै बर्षपछि सरकारले सेनालाई काम गर्ने जिम्मादिए वमोजिम समय अघिनै काम सम्पन्न भयो हामी उपभोक्ताहरु अति खुसि वनेका छौ ।” ढकालले भने ।
“एकातिर सरकाले दिएको जिम्मेवारी र अर्कोतिर विकास निर्माण, हामीले दोहोरो जिम्मेवारी निर्वाह गर्दै काम सम्पन्न गरेका हौं, हजुरहरुको सहयोग नभएको भए यसरी समयमै काम सम्पन्न गर्न सहज थिएन ।” श्री काली गण्डकि करिडोर, सडक निर्माण कार्यदल हर्मिचौर स्थित नेपाली सेनाका सेनानी किरण श्रेष्ठले भने । “हेर्दा अग्लो भीर कडा चट्टान, शुरुमा म करसाबसँग कुरा गर्दा कसरी सम्भव होला र यति चाँडै भन्ने लागेको थियो तर सेनाले सम्भव गरेर देखाई दियो, गुल्मेली जनताहरुको तर्फवाट यहाँहरुलाई धन्यवाद !” प्रमुख जिल्ला अधिकारी कमलराज ढकालले भने । २०४५ सालमा पहिलो पटक ट्रयाक्टर पुगेको उक्त सडकमा अहिले दैनिक सयौं सवारी साधनहरु ओहोर दोहोर गर्दै आईरहेका छन् । उक्त सडक पुर्ननिर्माणपछि गुल्मीको क्षेत्रनम्वर एक, दुइ र वाग्लुङ्गको क्षेत्र नम्वर तीनसम्मका उपभोक्ताहरू लाभाम्भित हुने भएका छन् । सडक निर्माण क्रममा जिल्ला स्थित गुरु गोरख गुल्म र नेपाल प्रहरीले सुरक्षा प्रदान गरेको थियो ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar