Headlines News :
Home » , » नरिवलको तेलमा लुकेको सुन्दरताको रहस्य

नरिवलको तेलमा लुकेको सुन्दरताको रहस्य

###
नरिवल हाम्रो छालाको लागि निकै गुणकारी मानिन्छ यसको सहि प्रयोगले सुन्दरतालाई निखार्न मद्दत गर्दछ । नरिवलको तेलको प्रयोगको बारेमा हामी तपाईंलाई यहाँ केहि कुरा बताउँदैछौँ ।
१. प्राइमरको रुपमा प्रयोगः

जब तपाईं बाहिर निस्कँदै हुनुहुन्छ र अनुहारमा फाउन्डेसनको प्रयोग गर्दै हुनुहुन्छ भने सबैभन्दा पहिले नरिवलको तेल लगाउनुहोस् । हातमा एक दुई थोपा नरिवलको तेल लिएर मुखभरि फैलिनेगरि लगाउनुहोस् । यसले फाउन्डेसनको बेसको रुपमा काम गर्ने गर्दछ र मोइस्चुराइजरको काम पनि गर्दछ ।
२. कपालको लागि संजिवनी बुटीः
नियमित रुपमा कपालमा नरिवलको तेलको प्रयोग गर्नाले यसले कपालको सुन्दरता बढाउन मद्दत गर्दछ । नरिवलको तेलले कपाललाई हानिकारक किरणहरुबाट बचाउँछ र यसलाई नरम र सिल्कि बनाउने काम गर्दछ । कपाललाई धुलो र प्रदुषणबाट बचाउँछ । यसले तपाईंको कपाललाई प्रोटिन दिने गर्दछ र यसलाई बलियो, चम्किलो र स्वस्थ बनाउन मद्दत गर्दछ । कपालको हाँगा फाटेकोमा पनि यसले चामत्कारिक रुपमा असर गर्दछ ।
३. तपाईंको छालाको लागिः
यदि तपाईं आफ्नो छालालाई माया गर्नुहुन्छ भने नरिवलको तेल नियमित रुपमा लगाउनुहोस् । यसले तपाईंको छालालाई हाइड्रेटेड राख्न मद्दत गर्छ र प्रदुषणबाट बचाउँछ । परिवर्तित मौसममा छालाको रक्षा गर्ने गर्दछ । यो एक प्राकृतिक मोइस्चुराइजर हो । नरिवल तेलले छालालाई डिअक्सिफाई गर्दछ त्यसकारण नुहाइसकेपछि नियमितरुपमा आफ्नो छालामा नरिवलको तेल लगाउनुहोस् ।
४.मेकअप रिमुभरको रुपमा प्रयोग गर्न सकिनेः
नरिवलको तेललाई सबैभन्दा राम्रो क्लिनरको रुपमा मानिन्छ । मेकअप हटाउनको लागि कपासमा नरिवलको तेल हाल्नुहोस् र यसको सहयोगले मेकअप हटाउनुहोस् । यसले मेकअप त हटाउँछ नै यसले छालाको भित्र रहेको ब्याक्टेरिया पनि हटाउने गर्दछ । (एजेन्सी)

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar