Headlines News :
Home » » स्वस्‍थ बन्‍न ग्रिन टी

स्वस्‍थ बन्‍न ग्रिन टी

###
चिया पिउने चलन सामान्य बनिसकेको छ। घरमा कसैलाई स्वागत गर्नुपर्‍यो भने अधिकांशले चियाले स्वागत गर्छन्। कसैसँग कुराकानी गर्नुपर्‍यो भने पनि चियासँगै कुराकानी गरिन्छ। चिया पिएपछि आलस्य हट्नुका साथै शरीरमा स्फूर्ति बढ्छ। घर होस् वा कार्यालय, जताततै चिया प्रचलित छ। चियामा पनि ग्रिन टी स्वास्थ्य र सुन्दरताका लागि रामवाण साबित भएको छ। यस चियाले दिने फाइदा निम्न छन् :

तौल घटाउँछ



विभिन्न शारीरिक कसरत गर्दा तौल घटाउन मद्दत गर्छ। यदि तौल कम गर्न चाहनुहुन्छ भने तपाईं नियमित ग्रिन टी पिउनुहोस्। यसमा एन्टी अक्सिडेन्ट हुन्छ। यो तत्त्वले बोसो काट्छ। एक अध्ययनअनुसार ग्रिन टीले शरीरको तौललाई स्थिर राख्छ। यसमा चिल्लो पदार्थ त हुँदैन नै, बरु यसले मेटाबोल्जिमलाई दरिलो बनाउँछ। यस्तै मधुमेहको सम्भावनालाई पनि टाढा भगाउँछ।

तनाव कम गराउँछ

ग्रिन टी तनाव घटाउने औषधि नै हो। यो चिया पिउनासाथ शरीरलाई आराम अनुभूति हुन्छ। यसको सुक्खा पात सिरानीको छेउमा राखेर सुत्दा टाउको दुखाइसमेत कम हुन्छ। सुक्खा पातको बास्नाले आनन्द प्रदान गर्छ।

अनुहार चम्किलो बनाउँछ

घामले डढेर अनुहारको चमक नै हराउने समस्याबाट तपाईं दिक्क हुनुहुन्छ भने ग्रिन टीको पात प्रयोग गर्न सक्नुहुन्छ। नुहाउनुअघि यसको पात पानीमा मिसाउनुपर्छ। त्यो पानीले नुहाए तपाईंको छालालाई घामले डढाउन सक्दैन।

आँखाको दुखाइ कम गर्छ

यदि आँखा पोलेर तपाईं हैरानीमा हुनुहुन्छ भने ग्रिन टी प्रयोग गर्न सक्नुहुन्छ। दुईवटा टी ब्याग मनतातो पानीमा केही बेर डुबाएर १५ मिनेट आँखामा राखे आँखाको दुखाइ कम गर्छ। यसमा एस्ट्रिजेन्ट तत्त्व हुन्छ, जसले आँखाको दुखाइ कम गर्नुका साथै आँखावरपर हुने कालो भाग हटाउन सहयोग गर्छ।

अनुहारको दाग हटाउँछ

ग्रिन टीमा एन्टी ब्याक्टेरियल, एन्टी फंगल तथा एन्टिअक्सिडेन्ट हुन्छ। यसले अनुहारका दाग हटाउन सहयोग गर्छ। राति सुत्ने बेलामा अनुहारमा चियापत्ती लगाउनुपर्छ। बिहान ग्रिन टी पिउनुपर्छ। यसो गरियो भने अनुहारमा प्राकृतिक सुन्दरता ल्याउन सकिन्छ।

छालालाई फाइदा

ग्रिन टीले छालालाई फाइदा गर्छ। यसमा एन्टी इन्फ्लामेटरी तत्त्व हुन्छ, जसले छालाको रक्षकको काम गर्छ। यसको लेप बनाउन सेतो चिनी र पानीमा ग्रिन टी मिलाउनुपर्छ। यसको लेप अनुहारमा लगाउँदा यसले छालालाई पूर्ण रूपमा सुरक्षित गर्छ।

कपालको चाया हटाउँछ

कपालको चाया हटाउन पनि ग्रिन टीले सहयोग गर्छ। यसका लागि चियापत्तीलाई पानीमा राखी उमाल्नुपर्छ। यसमा रोजमेरी र सेज हरा राखेर त्यसमा ब्ल्याक टीसमेत राखी रातभर राख्नुपर्छ। त्यो सेलाएपछि कपालमा लगाउँदा कपालका चाया हट्छ।

पाइतालाको दुर्गन्ध हटाउँछ

ग्रिन टीको बास्ना निकै प्रभावकारी हुन्छ। पाइतालाको दुर्गन्ध हटाउन पनि यसले सहयोग गर्छ। यसका लागि चियापत्ती हालिएको पानीमा २० मिनेट पैताला राख्दा पसिनाले उत्पन्न पाइतालाको दुर्गन्ध हट्छ।

वैवाहिक जीवनलाई पनि फाइदा

ग्रिन टीमा कफिन, जिनसेंग र थिएनाइन नामको रसायन पनि हुन्छ। यसले हार्मोन बढाउँछ। यसबाट यौनशक्तिसमेत बढ्छ। खासगरी यो महिलाका लागि निकै उपयोगी हुन्छ। यसबाट दाम्पत्य जीवन पनि सुखमय हुन्छ। -एजेन्सीको सहयोगबाट
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar