|
###
|
इलाम: जिल्ला अदालत इलामले बहुविवाह गरेको आरोपमा थुनामा रहेका इलाम जीतपुर–४ का ३८ वर्षीय प्रकाश गिरी र कान्छी श्रीमती कल्पनालाई एक वर्ष कैद र जनही रु पाँच हजार जरिवाना तोकेको छ ।
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले दुवैलाई कैद सजाय तोकेको अदालतका कर्मचारी रविन अधिकारीले बताए । गत साउन ९ गते प्रकाश गिरीले आमचोक–१ की कल्पनासँग दोस्रो विवाह गरेका थिए ।
उनकी जेठी श्रीमती राधादेवीले श्रीमान्ले बहुविवाह गरेको भन्दै उनी र कल्पनाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा गत भदौ १३ गते किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरीका आधारमा एकसाता अघि प्रहरीले प्रकाश र कल्पनालाई आफ्नै घरबाट पक्राउ गरी बहुविवाहअन्तर्गत मुद्दा दायर गरेको थियो । अदालतको आदेशपछि दुवैलाई जिल्ला कारागार इलाममा पठाइएको छ ।
यसैबीच, बलात्कारका आरोपी जोगमाई–९ का ५५ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सोही गाउँकी एक वृद्धालाई बलात्कार गरेको आरोपमा भदौ १६ गते पक्राउ परेका भण्डारीलाई अदालतले सोमबार थुनामा राख्न आदेश दिएको हो । - रासस/
जिल्ला न्यायाधीश प्रकाश ढुङ्गानाको एकल इजलासले दुवैलाई कैद सजाय तोकेको अदालतका कर्मचारी रविन अधिकारीले बताए । गत साउन ९ गते प्रकाश गिरीले आमचोक–१ की कल्पनासँग दोस्रो विवाह गरेका थिए ।उनकी जेठी श्रीमती राधादेवीले श्रीमान्ले बहुविवाह गरेको भन्दै उनी र कल्पनाविरूद्ध जिल्ला प्रहरी कार्यालयमा गत भदौ १३ गते किटानी जाहेरी दिएकी थिइन् ।
जाहेरीका आधारमा एकसाता अघि प्रहरीले प्रकाश र कल्पनालाई आफ्नै घरबाट पक्राउ गरी बहुविवाहअन्तर्गत मुद्दा दायर गरेको थियो । अदालतको आदेशपछि दुवैलाई जिल्ला कारागार इलाममा पठाइएको छ ।
यसैबीच, बलात्कारका आरोपी जोगमाई–९ का ५५ वर्षीय महेन्द्र भण्डारीलाई जिल्ला अदालतले पूर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ । सोही गाउँकी एक वृद्धालाई बलात्कार गरेको आरोपमा भदौ १६ गते पक्राउ परेका भण्डारीलाई अदालतले सोमबार थुनामा राख्न आदेश दिएको हो । - रासस/
|
##
|

0 comments:
...