Headlines News :
Home » , » नेपाली क्रिकेट टोली दुई रात विमानलस्थलमा अलपत्र शनिबारको खेल छुट्ने खतरा

नेपाली क्रिकेट टोली दुई रात विमानलस्थलमा अलपत्र शनिबारको खेल छुट्ने खतरा

###
१० असोज, काठमाडौं । एसियाली खेलकुदका लागि दक्षिण कोरिया जान लागेको नेपाली क्रिकेट टोली दुई रात त्रिभुवन विमानस्थलमा अलपत्र परेको छ ।
बुधबार र बिहीबार मध्यराति ३ बजेसम्म विमानस्थलमा विमान कुरेर पनि उनीहरु कोरिया जान पाएनन् । ड्यागन एयरको विमानमा समस्या आएका कारण नेपाली टोली कोरिया उड्न नपाएको हो ।
नेपाली टोली कोरिया जान बुधबार दिउँसो ३ बजे विमानस्थल पुगेका थिए ।
तर, राति ३ बजेसम्म कुर्दा पािन उडान हुन सकेन र बिहीबार विहान ७ बजे आउन भनियो । ‘बिहीबार पनि प्लेन त आयो तर, ल्याण्ड भएकै ठाउँमा अड्कियो र आज विहान राति ३ बजे मात्र खेलाडीहरुलाई होटलमा ल्याएर राखियो’ क्यानका एक अधिकारीले अनलाइनखबरसँग भने ।
नेपालको खेल शनिबार छ । तर, नेपाली टोली भने कोरिया उड्न नपाएपछि टिममा तनाब देखिएको छ ।
अहिले केही खेलाडीलाई मलेसियन र अन्यलाई थाइ एयरबाट कोरिया पठाउने तयारी छ । ‘उनीहरुले विकल्पहरु दिएको छ’ एक अधिकारी भन्छन्–‘शरद भेसवाकर र शक्ति गौचनलाई मलेसियन एयरबाट पठाउने तयारी छ ।’
अहिलेको तयारी अनुसार नेपाली टोली जान सके शनिबार विहान स्थानीय समय अनुसार विहान ६÷७ बजे कोरिया पुग्नेछन् । लगतै नेपालले कुवेतसँग खेल्नेछ ।
तर, उडान हुन नसके नेपाललाई घाटा हुनेछ र कुवेतले वाकओभर पाउनेछ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar