###
![]() |
चितवन भरतपुरमा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले बिरामीका लागि एक वर्षमा करिव रु ६२ करोडको निःशुल्क सेवा प्रदान गरेको छ ।
अस्पतालका कार्यकारी निर्देशक डा चिनबहादुर पुनका अनुसार अस्पतालले सबैभन्दा बढी ब्लड क्यान्सरका बिरामीलाई निःशुल्क सेवा दिएको छ ।
गएको एक वर्षमा क्यान्सर अस्पतालले ६२५ जना रक्त क्यान्सरका बिरामीलाई रु ५१ करोड तीन लाख ३५ हजारको निःशुल्क सेवा प्रदान गरेको डा पुनले जानकारी दिए ।
यस्तै किड्नी क्यान्सर भएका १५० जनालाई रु एक करोड ५७ लाखको निःशुल्क सेवा प्रदान गरिएको उनले बताए ।
अस्पतालले विपन्न नागरिक उपचारसेवातर्फ रु आठ करोड, क्यान्सर सेवा समाजमार्फत रु १३ लाख, क्यान्सरका बिरामीलाई निःशुल्क खाना बराबर रु ४१ लाख र ज्येष्ठ नागरिक सेवातर्फ रु २० लाखको निःशुल्क सेवा दिएको हो ।
अन्य सेवातर्फ १५ वर्षमुनिका बालबालिकाको उपचारका लागि रु ६ लाख ६६ हजार तथा रु ५९ लाखको कोलेस्ट्रोमी, युरोस्ट्रोमी ब्यागसमेत बिरामीलाई निःशुल्क उपलब्ध गराइएको अस्पतालले जानकारी दिएको छ ।
अस्पतालका अनुसार गएको एक वर्षमा चार हजार ६०० नयाँ क्यान्सरका रोगी फेला परेका छन् । गएको वर्ष बहिरङ्ग सेवाबाट ९५ हजार ३०० जना बिरामीले सेवा पाएका छन् । त्यसको अघिल्लो वर्ष ९३ हजारले सेवा पाएका थिए ।
तथ्याङ्कअनुसार सबैभन्दा बढी फोक्सोको क्यान्सर फेला परेको छ । यस्तै दोसो नम्बरमा महिलाको पाठेघरको क्यान्सर र तेस्रोमा स्तन क्यान्सरका रोगी फेला परेको अस्पतालले जनाएको छ । अघिल्ला वर्षमा भन्दा अस्पतालमा क्यान्सरका बिरामी क्रमिक रुपमा बढिरहेको तथ्याङ्कले देखाएको छ ।

##
![]() |
0 comments:
...