|
###
|
मुम्बइ-पूर्व क्रिकेटर सचिन तेन्दुलकरले १६ बर्षको उमेरमा आफ्नो अन्तराष्ट्रिय करियर सुरु गरेका थिए। तर उनले आफ्नो पहिलो डिल वर्ल्डटेलसँग साइन गर्न भने ६ बर्ष पर्खिनु पर्योअ।सचिनलाई आफ्नो आदर्श मान्ने पृथ्वी शाँले भने १४ बर्षको उमेरमा ५७ लाखको करारमा साइन गरेका छन्। तर उनको अन्तराष्ट्रिय त कहाँ घरेलु क्रिकेट करियर पनि राम्रोसँग सुरु भएको छैन।
सानो उमेरमा ठूलो करार गर्ने पृथ्वी पहिलो भारतीय खेलाडी बनेका छन्। पृथ्वीले पछिल्लो बर्ष मुम्वइमा स्कुल क्रिकेट प्रतियोगितामा ५४६ रनको रेकर्ड बनाएका थिए।
ब्याट, बल लगायतका सामान उत्पादन गर्ने एसजी स्पोर्ट्स कम्पनिले पृथ्वीसँग ६ बर्षको लागि करार गरेको हो। 'पृथ्वीले पछिल्ला केहि बर्ष देखि हाम्रो कम्पनिको ब्याट र किट प्रयोग गरेका थिए। जब उनले ५४६ रनको विश्व रेकर्ड बनाए तब हाम्रो ध्यान उनमा गयो', एसजीका मार्केटिङ डाइरेक्टर पारस आनन्दले भने 'हामीलाई लाग्योकी यो केटामा गजबको क्षमता छ, यसकारण उनको साथ यो डिल गर्ने निर्णय गर्यौं।'
|
##
|

0 comments:
...