Headlines News :
Home » » उडिरहेको विमानमा महिलालाई जवर्जस्ती चुम्बन गरेपछि.... -

उडिरहेको विमानमा महिलालाई जवर्जस्ती चुम्बन गरेपछि.... -

###
६२ वर्षका एक भारतीय पुरुषले विमानमा उडिरहेको समयमा सँगै रहेकी एक महिलालाई यौनजन्य आक्रमण गरेको पुष्टीभएपछि २ वर्षको जेल सजाय सुनाइएको छ । अमेरिकाको ह्युष्टनबाट न्यूवार्क जाने विमानमा रहेको समयमा देबेन्द्र सिंहले सँगै सिटमा रहेकी महिलाको संवेदनशील अंगमा हात पुर्‍याएका थिए । हाल लुइजियानामा बस्ने देबेन्द्रले न्यूवार्कको जिल्ला अदालतमा आफूले महिलालाई यौनजन्य ब्यवहार गरेको स्वीकार गरेका हुन् । अमेरिकामा यौन दुर्ब्यवहार गर्नेलाई अधिकतम २ वर्षको जेल र २ लाख ५० हजार डलर जरिबाना गर्न सकिने कानूनी ब्यवस्था छ । देबेन्द्र अक्टोबर देखि जेलमा बस्नेछन् ।



 देबेन्द्रले युनाइटेड एयरलाइन्सको विमानमा रहेको समयमा



झ्यालतिर रहेकी महिलालाई यौनिक आक्रमण गरेका थिए । उडीरहेको विमानमै ती महिला निदाएपछि देवेन्द्रले महिलालाई चुम्बन गर्नुका साथै उनको कपडाभित्र हात लगेर संवेदनशील अंग सम्म पुर्‍याएका थिए । उनले चलाएको थाहा पाएपछि विउँझेकी महिलाले उनलाई गाली गर्दै विमानका अधिकारीहरुलाई बोलाएकी थिइन् । विमान अवतरण गरे लगत्तै देवेन्द्रलाई पक्राउ गरेको थियो । अमेरिकामा विमान उडिरहेको समयमा भएका यौन दुर्ब्यवहार सम्बन्धी सम्पूर्ण मुद्दा संघीय सरकारको क्षेत्राधिकारमा पर्छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar