Headlines News :
Home » » राष्ट्रपतिले कटवाललाई भने,‘जे पायो त्यहीँ लेख्ने अधिकार कसले दियो ?’

राष्ट्रपतिले कटवाललाई भने,‘जे पायो त्यहीँ लेख्ने अधिकार कसले दियो ?’

###
काठमाडौं –रुकमांगत कटवाल आत्मकथा बजारमा आएपछि राजनीतिमा एप्रकारले तरंग नै ल्यायो । कसैले हावादारी भने त कसैले वाहियात । कसैले प्रशंसा गर्दै प्रचार पनि गरे । देशको एउटा कालखण्डमा देशको प्रधानसेनापति रहिसकेका रुक्मांगत कटवालको आत्मकथा बजारमा आउनुले देशको प्रमुख व्यक्ति राष्ट्रपति डा. रामबरण यादबको मनमा बेचैनी नआउने कुरै भएन । पुर्वप्रधानसेतापति रुकमांगत कटवालले आफ्नो आत्मकथामा राष्ट्रपति यादबको पनि थोरबहुत चर्चा गरेका छन् ।

 नेपाली सेनाको परमाधिपति तथा देशको प्रमुख व्यक्तिलाई जनस्तरमा कटवालले आफ्नो पुस्तकमा यसरी प्रस्तुत गरेका छन् कि त्यसले राष्ट्रपतिको मात्र होइन,देशकै गरिमामा असर पारेको चर्चा पनि हुन थालेको छ । देशको सुरक्षाको जिम्मा लिएका नेपाली सेनाका प्रमुखले देशका प्रमुखलाई कसरी सम्मान दिएको छ त्यो कुरा कटवालको आत्मकथाबाट नै पुष्टि हुन्छ । आत्मकथामा उल्लेख कुराले नै राष्ट्रपति यादबलाई बेचैन बनाएको छ र आफ्नो निवासमा बोलाएर त्यसको जवाफ पनि दिएको छ । ‘


राष्ट्रपतिले १२ बजेभित्र निर्णय लिनुभयो भने उचित हुन्छ,’ राष्ष्ट्रपतिका सल्लाहाकारको पटकपटक फोन आउनु,’ म आफ्नो तर्फबाट कुनै अप्रिय कार्य गर्नु नपरोस् भन्ने चाहन्छु,’ कटवालले भनेपछि मात्र राष्ट्रपति यादबले ११ बजे फोन गर्नु,’ ‘बल राष्ट्रपतिकै कोटमा फालिए’,‘कटवाललाई नै सोधेर चिठी लेखेको कुरा स्वयं राष्ट्रपतिले कटवाललाई जानकारी दिनु,’ ‘हामीले खोजेको जस्तो पष्ट पत्र रहेछ’ लगायत कुरा पुस्तकमा उल्लेख भएको हुनाले राष्ट्रपतिलाई बेचैन बनाएको छ ।

नेपाली राजनीतिमा आफ्नो छुट्टै पहिचान बनाएका राष्ट्रपति यादवलाई यसरी आफ्नो आत्मकथामा कमजोर बनाएर देखाएकोमा राष्ट्रपति क्रुद्व भएका छन् । राष्ट्रपतिको गरिमामा नै असर पर्ने गरी कटवालले आफ्नो आत्मकथामा लेखेपछि भदौ १२ गते राष्ट्रपति यादवले आफ्नो निवास शीतलनिवासमा बोलाएर कटवालको सातो लिएका थिए । पुर्वप्रधानसेनापति भए पनि अहिले सरकारको जिम्मेवार पदमा नरहेका व्यक्तिलाई निवासमा दुई घन्टासम्म राष्ट्रपति यादवले कुरा गर्दा चासो राख्दै खोजीनिती गरेको थियो । स्रोतले भन्यो,अरु केही होइन,कटवालले लेखेको आत्मकथाबारे जानकारी लिन राष्ट्रपतिले बोलाएका हुन्,आजको जनआह्वान साप्ताहिकमा खबर छ ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar