Headlines News :
Home » » इमाडोलमा ग्यास अवस्था राम्रो

इमाडोलमा ग्यास अवस्था राम्रो

###
काठमाडौं– ललितपुरको इमाडोलमा उत्खनन् भइरहेको ग्यासको अवस्था राम्रो देखिएको छ। ३ सय ५० मिटर गहिराइसम्म उत्खनन् गर्दा प्रयोग हुन सक्ने खालको ग्यास देखिएको उत्खनन् कार्य गरिहेको एसियन ड्रिलिङ कम्पनीले जनाएको छ।

प्रारम्भिक चरणमा ग्यासको अवस्था राम्रो देखिएको कम्पनीका प्रबन्ध निर्देशक रामशरण कार्कीले बताए। ‘हामीले उत्खनन् काम गरिरहँदा यहाँको ग्यास राम्रो देखिएको छ,' उनले भने। प्रारम्भिक चरणमा देखिए अनुसारका ग्यास पछि पनि भयो भने प्रयोग गर्नको लागि उपयुक्त हुने उनले बताए।
दुई महिना अघि देखि सुरु गरेको ग्यास उत्खनन् कार्य सकिएको कार्कीले बताए। अब पाइप राख्ने र कुन ठाउँको ग्यास कस्तो अवस्था भनेर परीक्षण गर्ने उनले जानकारी गराए। पाइप राख्ने र ग्यास परीक्षणको बाँकी काम २० दिन भित्र सकिने कार्कीले जानकारी दिए।
निजी क्षेत्रलाई दिने लामो प्रयास सफल हुन नसकेपछि खानी तथा भूगर्भ विभागलेे आफैं ग्यास उत्खनन सुरु गरेको हो। विभागले गत वर्ष निकालेको टेन्डर हात पार्दै एसियन ड्रिलिङ कम्पनीले दुई महिना अघि देखि ग्यास उत्खनन् काम सुरु गरेको थियो।
इमाडोलमा विभागको आफ्नै जग्गा भएकाले त्यही ठाउँमा उत्खनन गर्न लागिएको हो। यस क्षेत्रमा अन्यत्रभन्दा बढी ग्यास भएको अध्ययनले देखाएको छ।
पाइलट टेस्टपछि कस्तो नतिजा निस्किन्छ त्यसैअनुसार नयाँ कार्ययोजना बनाइने विभागका प्राकृतिक ग्यास तथा कोइला शाखा प्रमुख लोकविजय अधिकारीले बताए। उत्खननबाट ग्यासको मात्रा राम्रो देखियो भने त्यहाँबाट बिजुली निकाल्ने योजना छ। धेरै ग्यास प्रयोग हुने हाउजिङ, ठूला होटल तथा रेस्टुरेन्टमा पाइपबाट ग्यास वितरण गर्ने योजना रहेको अधिकारीले जानकारी दिए।
उपत्यकामा ग्यास जमिनको माथिल्लो सतहबाट दुई सय ५० देखि तीन सय मिटर गहिराइमा ग्यास देखिएको छ। उपत्यकाका विभिन्न ठाउँमा ग्यास निस्कने सम्भावना भए पनि पहिलो चरणको लागि इमाडोलमा उत्खनन गरिएको हो।
उपत्यकामा ३१ करोड घनमिटर ग्यास भण्डार रहेको विभिन्न अध्ययनले देखाएको छ। अधिकारीका अनुसार काठमाडौंको दक्षिणी भेगमा ग्यासको सम्भावना देखिएको छ। टेकुदेखि इमाडोल, टिकाथली क्षेत्रसम्म २६ वर्गकिलोमिटरमा ग्यासको सम्भावना छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar