Headlines News :
Home » , » ज्ञानेन्द्रको शतकको मद्दतले सिंगापुर सामु नेपालले राख्यो २६४ रनको लक्ष्य

ज्ञानेन्द्रको शतकको मद्दतले सिंगापुर सामु नेपालले राख्यो २६४ रनको लक्ष्य

###
क्वाललम्पुर, कार्तिक ९ – ज्ञानेन्द्र मल्लको उत्कृष्ट शतकको मद्दतले मलेसियामा जारी आइसीसी विश्व क्रिकेट लिग डिभिजन थ्री अन्तरगतको खेलमा सिंगापुर सामु २६४ रनको को लक्ष्य राखेको छ । ज्ञानेन्द्रले ११४ रनको शानदार पारी खेलेका हुन् । नेपालले पहिलो ब्याटिङ गर्दै ९ विकेट गुमाएर २ सय ६३ रन बनाएको छ ।   सिंगापुरले टस जितेर नेपाललाई ब्याटिङका लागि पठाएको थियो ।

सिंगापुरको यो निर्णय सही साबित बन्यो । खेलको दोस्रो बलमा नै सुवास खकुरेल शुन्य रनमा अमजद मेहबुबको बलमा एलबीडब्लुको शिकार बने । त्यसपछि मैदानमा छिरेका ज्ञानेन्द्रले १७० बलमा १३ चौका र १ छक्काको मद्दतले ११४ रन बनाए । उनलाई नरेश बुढा ऐर र बसन्त रेग्मीले साथ दिएका थिए । ऐर र रेग्मीले क्रमशः २९ र २१ रन बनाए ।  

शरद भेस्वाकर २५ रन बनाउँदै रिटायर्ड हर्ट भएका थिए । उनी पछि फर्केर आए पनि कुनै रन नबनाई मेहबुबको शिकार बने । कप्तान पारस खड्काले मात्र १४ रन बनाए । सागर पुनले अन्त्यमा विष्फोटक ब्याटिङ गरे । उनले १३ बलमा नटआउट रहँदै २१ रन बनाए । उनले २ चौका र एक छक्का हानेका थिए ।   सिंगापुरका लागि अमजद महबुबले चार, मुलेवा धर्मचन्दले ३ विकेट लिए भने अनिस पारामले दुई विकेट लिए ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar