Headlines News :
Home » » दसैं टीकाको उत्तम साइत भोलि बिहान १०ः१५ मा

दसैं टीकाको उत्तम साइत भोलि बिहान १०ः१५ मा

###
काठमाडौं, आश्विन १६ । यसवर्ष बडादसैंको टीकाको साइत शुक्रबार (भोलि) बिहान १० बजेर १५ मिनेट जाँदा उत्तम रहेको ज्योतिषहरुले बताएका छन् । भोलि बिहान सवा ९ बजेर ५५ मिनेट जाँदा दुर्गा विर्सजन गर्ने साइत रहेको नेपाल पञ्चांग निर्णायक समितिका अध्यक्ष डा. रामचन्द्र गौतमले हामीलाई बताए ।

आमसर्वसाधारणले टीका लगाउन साइत हेर्नुनपर्ने भएपनि सरकारले भने साइतमै टीका लगाउनुपर्ने उनको भनाइ छ ।

टीका थाप्ने व्यक्ति पश्चिम दिशामा र आर्शिवाद दिने व्यक्ति अर्थात् टीका लगाइदिने व्यक्ति पूर्व दिशामा फर्केर टीका लगाइदिँदा त्यो उत्तम हुने उनको भनाइ छ ।

यो वर्ष दशमी तिथि क्षय भएका कारण नवमी र दशमी एकैदिन परेको भन्दै समितिका अध्यक्ष गौतमले यसबाट कुनै अशुभ नहुने स्पष्ट पारे ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar