### |
प्यूठान– परम्परागत रुपमा खेलिँदै आएको सराँय नाँचको यो वर्ष बृहत् प्रदर्शन गरिएको छ। स्वतःस्फूर्त खेलिने सराँयको प्रवर्द्धन गर्न यस वर्ष प्रतियोगितात्मक रूपमा सञ्चालन गरिएको हो। ऐतिहासिक महत्व राख्ने डल्ले सराँय हरेक वर्ष तिहारको अवसरमा खेलिन्छ।
जिल्लाका विभिन्न ठाउँबाट आएका सराँयबीच यो वर्ष प्रतियोगितात्मक रूपमा प्रतिपर्धा गराइएको हो। विगतमा एक दर्जनको हाराहारीमा सराँय लिएर नाँच्न आउने भए पनि पछिल्लो समय युवा पुस्ता गाउँमा नहुँदा समूहगत रूपमा कम सहभागिता हुने गरेको स्थानीय दलबहादुर केसीले बताए।
आफू जान्ने भएदेखि सराँय नाँचको नेतृत्व गर्दै अहिले व्यवस्थापनको जिम्मा लिइरहेका उनले यो वर्ष ५ समूहले मात्र प्रतिस्पर्धामा भाग लिएका छन्। प्रतियोगितामा खलंगा पाण्डेडाँडा र थापाडाँडाको संयुक्त समूह प्रथम, बिजुवार पुण्यखोलाको समूह दोस्रो, दाखाक्वाडी गाविसको समूह तेस्रो भएका छन्।
विभिन्न प्रस्तुतिसहित मेलामा सराँय प्रदर्शन गर्ने यी समूहका प्रथम हुनेले १ लाख, दोस्रो हुनेलाई ७५ हजार र तेस्रो हुनेले ५० हजार पाएका छन्। सहभागी अन्य २ समूह बीजनगर सापडाँडा र मरन्ठाना सासरवाङले सान्त्वनास्वरूप १५/१५ हजार पुरस्कार पाएका छन्।
यो वर्ष मेलामा सराँय नाँच देखाउने समूहलाई संस्कृति प्रवर्द्धनस्वरूप प्युठान क्षेत्र नम्बर १ का संविधानसभा सभासद बामदेव गौतमले पुरस्कार सौजन्यको व्यवस्था गरेका थिए। व्यक्तिगत रूपमा २ लाख ५० हजार उपलब्ध गराएका उनले आगामी वर्षमा राज्यकोषबाटै ट्रस्टका रूपमा बजेट व्यवस्था मिलाउने उनले बताएको आयोजक समितिका दलबहादुर केसीले बताए।
बिजुवार–४, पुण्यखोलास्थित डल्ले बगैंचामा कार्तिक शुल्क तृतीयाका दिन डल्ले सराँय मेला लाग्ने गर्दछ। डल्ले जात्रामा जिल्लाका पुण्यखोला, थापाडाँडा, कार्कीडाँडा, पाण्डेडाँडा, खैरा, मरन्ठाना, बिजुवारसमेत गरी विभिन्न गाउँबाट आएको सराँयहरू डल्ले बगैँचामा भेला भई ...वा खै–वा खै, वा खै–वा खै' भन्दै दिनभर खेेल्ने गर्दछन्। यो भनेको खुसीयालीको अभिव्यक्ति (ऊ कहाँ छ खोई) भनेको हो भनिन्छ।
करिब ५६३ वर्षपहिले जिल्लामा जाँट राजको शासनको पालामा दानवीय स्वभावका ती राजालाई मारेको सम्झनामा सराँय नाँच्ने परम्परा थालिएको किंवदन्ती छ। जाँट वंशीय राक्षसी स्वभाव ती राजाले चाहेको बेला स्थानीयले बालबालिका चढाउनुपर्ने कारण आक्रान्त बनेका स्थानीयले उनकै भारदार र श्रीमतीकै योजनामा खेद्दै लखेटेर डल्लेमा मारेको बताइन्छ। मेलामा युवाहरु बाजाको तालमा सराँ (तरबार) लिएर नाँच्ने गर्छन्।
सबै तस्बिर : एलबी थापा

## |
0 comments:
...