Headlines News :
Home » » सन् २०५० मा अर्कै प्रकारको मानवजातिको उत्पत्ति हुने, यस्तो छ बैज्ञानिकको प्रक्षेपण

सन् २०५० मा अर्कै प्रकारको मानवजातिको उत्पत्ति हुने, यस्तो छ बैज्ञानिकको प्रक्षेपण

###

सन् २०५० सम्ममा पृथ्वीमा अहिलेको भन्दा नयाँ प्रकारको मानव जातिको उत्पत्ति हुने वैज्ञानिकले दाबी गरेका छन् ।
अत्याधुनिक तथा चरम प्रविधि, व्यवहार तथा प्राकृतिक छनोटको फलस्वरुप नयाँ प्रकारको मानवको विकाश हुने दाबी वैज्ञानिकको छ ।
ग्लोबल ब्रेन इन्स्टिच्युटका शोधकर्ता क्यान्डेल लास्टका अनुसार मानव जाति अहिले मुख्य क्रमविकाशजन्य संक्रमणमा छ ।
आगामी ४ दशक भन्दा कम अवधिमै मानिस बढि बाँच्ने, पाको उमेरमा बच्चा पाउने तथा सामान्य मानवीय कार्यका लागि समेत कृत्रिम सूचनामा निर्भर हुने दाबी उनको छ ।
यस्तो परिवर्तन निकै तिब्र रहेको र यसलाई बाँदरबाट  एपमा परिवर्तन तथा एप बाट मानव जातिमा परिवर्तन भएको घटनासँग तुलना गर्न सकिने उनले बताएका छन् ।
‘तपाइँको ८० वा १ सय वर्षको उमेर तपाइँका हजुरबा हजुरआमाको भन्दा नितान्त फरक छ । हामीले आफ्नो समयको अधिकांस हिंस्सा भर्चुअल रियालिटीमा बिताउनेछौँ भन्दा कसले पत्याउँछ ?’, उनी भन्छन् ।
क्रमविकाशका कतिपय वैज्ञानिकहरुका अनुसार सन् २०५० सम्ममा मानिसको औषत उमेर १२० भन्दा बढि हुनेछ ।

बैज्ञानिकहरुको दावी अनुसार सन् २०५० मा एक पुरुष प्रोफेसनल यस्तो हुने छ । रातो आँखा हुनेछ, लिंग सानो हुनेछ, दिमागको आकार ठूलो हुने छ र भाषाको क्षमता निकै विशिष्टिकृत हुने छ ।
शोधकर्ता लास्टका अनुसार मानिसमा भविष्यमा यौनिक परिपक्वतामा समेत ढिलाइ हुनेछ । मानिसको मस्तिष्कको आकार बढ्दै जाँदा उर्जा मस्तिष्कमै बढि खपत हुने र त्यसले प्रजननमा असर पूराउने दाबी शोधकर्ताको छ । शोधकर्ताका अनुसार मानिसको जीवन निकै सुस्त हुनेछ र निकै बूढो भएर मात्र मर्नेछ ।
यसका केही लक्षणहरु अहिले नै देखिन थालिसकेका छन् र विश्वमा मानिसहरुको पहिलो बच्चा पाउने उमेर बढ्दो छ र औषत आयु पनि लम्बिदो छ ।
उनको शोध प्रतिवेदन करेन्ट एजिङ साइन्स जर्नलमा छापिएको छ ।
(श्रोत ओन्लाइन खबर )
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar