Headlines News :
Home » » एउटै डोरीमा पासो लगाई एक युगल जोडीद्धारा आत्महत्या

एउटै डोरीमा पासो लगाई एक युगल जोडीद्धारा आत्महत्या

###
सोलुखुम्बु,कात्तिक ८ – ‘एउटै डोरी पासो लगाऔं भो’ भन्ने दोहोरी गीतमा जस्तै दृश्य सोलुखुम्बु जिल्लाको वाकु-४ सिबुचेस्थित जङ्गलमा देखिएको छ ।गत साउनमा एकैसाथ हराएको एक युगल जोडी ‘लभ’ गरेर शहरतिर भागेको गाउँलेले अनुमान लगाएका थिए । तर, उनीहरुको शव सिबुचेको जंगलमा रुखमाथि एउटै डोरीको गाँठो पारी झुन्डिएको अवस्थामा भेटिएको छ ।शवको अवशेषमात्रै छ । सुसाइड नोटका आधारमा प्रहरीले उनीहरुको पहिचान गरेको छ ।

एउटै डोरीमा पासो लगाएर आत्महत्या गर्नेमा वाकु-३ रोचमका गोकुल राई र सविता राई रहेको प्रहरीले बताएको छ ।उमेरले दामले भए पनि नाताले उनीहरु काका भतिजी पर्थे । आपसमा प्रेम सम्बन्ध कायम भएपछि उनीहरु एकसाथ गाउँबाट भागेका थिए ।

काका भतिजी नाता पर्ने गोकुल र सविता गाउँबाट ०७० साल साउन महिनामा एकै समयमा हराएका थिए । गाउँमा उनीहरू भागेको हल्ला भएको थियो ।मृतकहरुको सुसाइट नोटअनुसार उनीहरुले गत साउन ११ गते आत्महत्या गरेका थिए । तर, शवको अवशेष भने ३ महिनापछि मात्रै फेला परेको हो ।तीन महिनामा शव क्षतविक्षत भैसक्दा पनि साउने झरीमा सुसाइट नोट लेखेको डायरी भने पढ्न सकिने अवस्थामा भेटिनु अर्को रहस्यमय छ ।विसं ०७१ साउन ११ गते मिति उल्लेख गरिएको सुसाइट नोटका आधारमा सोही मितिमा घटना भएको हुन सक्ने प्रहरीले अनुमान गरेको छ ।घटनास्थल नजिकै उनीहरूले प्रयोग गर्ने दुई थान मोबाइल सेट पनि फेला परेको छ । शवको अवशेष भने केही भागमात्रै भेटिएको छ ।उनीहरूको डायरी र सुसाइट नोटसमेत भेटिएकाले उनीहरूले आत्महत्या नै गरेको प्रहरीको ठहर छ । ऑनलाइन खबर
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar