### |
काठमाडौं, कार्तिक ६ । एमाले वरिष्ठ नेता माधवकुमार नपालले जातीयताको बखेडा झिकेर एकीकृत माओवादीले संविधान बनाउन नचाहेको आरोप लगाएका छन् । आफ्नै निवासमा देउसी खेल्न पुगेका सञ्चारकर्मीसँग कुरा गर्दै उनले सार्मथ्य र पहिचानको आधारमा मात्र संविधान निमार्ण हुने बताए ।
दलहरुबीच सहमतिको लागि मंसिरमहिनासम्म अन्तिम प्रयास गरिने भन्दै उनले सहमति नभए प्रक्रियाबाटै संविधान जारी गरिने स्पष्ट पारे ।
कांग्रेस हिम्मत नभएको पार्टी भन्दै नेपालले कांग्रेसले आँट गरे तोकिएकै समयमा संविधान जारी हुने बताए ।
यता, सञ्चारकर्मीकै देउसी कार्यक्रममा कानुनमन्त्री नरहरि आचार्यले सहमति नभए प्रक्रियाबाटै संविधान जारी हुने धारणा राखे ।
संविधानकै लागि नेपाली जनताले धैर्य धारण गरेको भन्दै उनले यसपटक संविधान जारी नभए नेपाली जनताको धैर्यताको बाँध फुट्ने र त्यो मुलुककै लागि दुर्भाग्य हुने बताए ।
देउसीभैलोमा यसरी नाचे माधव नेपाल (भिडियोसहित)

## |
0 comments:
...