### |
सुरुङगा-झापाको गरामनी–२ स्थित खोपबारीमा दुई समूहबीच खुकुरी हानाहान हुँदा तीनजना गम्भीर घाइते भएका छन्।
घाइते हुनेमा गरामनी–१ निवासी २१ वर्षीय आइतबहादुर लिम्बू, सोही ठाउँ निवासी १६ वर्षीय अनिल राई र गरामनी–२ निवासी १८ वर्षीय जीतकुमार लिम्बू रहेको इलाका प्रहरी कार्यालय विर्तामोडले जनाएको छ।
घाइतेमध्ये आइतबहादुर र जीतकुमारको अवस्था गम्भीर रहेकाले स्थानीय अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि विराटनगर लगिएको बताइएको छ।
खुकुरी प्रहारबाट घाइते बनेका अनिलको विर्तामोडस्थित मनमोहन मेमोरियल क्षेत्रीय सामुदायिक अस्पतालमा उपचार भइरहेको इलाका प्रहरी कार्यालय विर्तामोडका प्रहरी नायब उपरीक्षक सञ्जयबहादुर राउतले जानकारी दिए।
घटना विवरणअनुसार गएराति देउसीभैलो कार्यक्रमको रियलसल गर्ने क्रममा विवाद हुँदा दुई समूहबीच खुकुरी हानाहान भएको हो।
यता घटनामा संलग्नमध्ये सोही ठाउँ निवासी २२ वर्षीय मनोज खनाल, २० वर्षीय मिलन खवास र सुरेस लिम्बूलाई प्रहरीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता विश्वमणि पोखरेलले जानकारी दिए। रासस

## |
0 comments:
...