Headlines News :
Home » , » दुर्घटनापछि अस्पतालमा देखियो बिजोग..(भीडियो

दुर्घटनापछि अस्पतालमा देखियो बिजोग..(भीडियो

###
१५ कात्तिक, काठमाडौ ।
पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको बसामाडी गाविस–२ बस्तीपुर चोकमा शनिवार बिहान दुईवटा बस आपसमा ठोक्किँदा एक विदेशी महिलासहित दश जनाको मृत्यु भएको छ । दुर्घटनापछि अस्पतालमा देखिएको हृदयविदारक दृश्य भीडियोमा हेर्नुहोस।

मृत्यु हुनेमा ६ महिला र तीन पुरुष रहेका छन् भने ३० जना घाइते भएका छन् । घाइते मध्य १२ जनाको अवस्था गम्भिर रहेको मकवानपुरका प्रहरी नायब उपरिक्षक दिपक थापाले बताए ।

घाईतेहरुलाई उपचारका लागि भरतपुरको चितवन र भरतुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । काठमाडौंबाट बिराटनगर जान आउँदै गरेको ना ४ ख ५४४८ नम्बरको शुभश्री यातायातको बस र इलामबाट काठमाडौं जाँदै गरेको ना ५ ख ४८४१ नम्बरको डिलक्स बस आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा ८ जनाको घटनास्थलमै र उपचारका क्रममा हेटौंडा अस्पतालमा र भतपुरमा एक÷एक जनाको मृत्यु भएको प्रहरी नायव उपरीक्षक थापाले बताए । मृत्यु हुनेमा इटहरीकी शान्ता लुईंटेल, इलामका रोशन भट्टराई, मिलन अधिकारी, इशा कार्की, सुजाता काफ्ले, रक्षा श्रेष्ठ, प्रविण आचार्य , रसियन महिला डारिया मस्कोवा र थर नखुलेकी इलाम बरबोटकी आस्था रहेका छन् । लुईटेल शुभश्री यातायतको बसमा सवार थिइन् भने बाँकी डिलक्स बसमा सवार रहेको प्रहरीले जानकारी दिएको छ ।

मृतकहरु बसको सिटमा च्यापिएकाले सिट काटेर उनिहरुलाई निकालिएको थियो । डिलक्स बसका चालक घाइते भएका छन् भने शुभश्रीका चालक फरार रहेका छन् । बस ठोकिएको ठाउँबाट करिब २ सय मिटर बर परको दुरीमा रहेको छ । चालक रहने पटि ठोकिदा चालकको छेउमा र क्याबिनमा बस्ने यात्रुहरुको मृत्यु भएको छ ।

बसमा सवार यात्रुले शुमश्री बसको कारण दुर्घटना भएको बताएका छन् । शुभश्रीका यात्रु क्षितिजराज टमाटाले बसका चालक र साहुको आपसी बिवादका कारण यस्तो घटना भएको बताए । चितवनको रामनगरबाट आपसी बिवाद गरे पछि बसका चालकले बस तिब्र गतिमा कुदाएको उनले बताए । यति सम्मकि कुनै ठाउँमा पनि गाडीको गियर फेरीएन् । यात्रुले बिस्तारै चलाउँन भन्दा पनि नमानेपछि यस्तो दुर्घटना भयो ।

यात्रु लेखा आचार्यका अनुसार शुभश्रीका चालकले मादक पदार्थ सेवन गरी गाडी तिब्र गतिमा गुडाएका थिए । ईटहरी बाट आएको बसलाई चालकले नियन्त्रणमै राखेर खाल्डोमा छारेका छन् । करिब २० जना यात्रुको चलान लिएर ईटहरी बाट डिलक्स काठमाण्डौं आउँदै थियो । मकपानपुरका प्रहरी नायब उपरिक्षक थापाका अनुसार शुभश्रीको पुर्ण लापरबाही रहेको पाइएको छ । ड्राइभर फरार रहेको भएपनि प्रारम्भीक अनुसन्धानले घटनालाई पुष्टी गरिसकेको छ । थप अनुसन्धान गछौं ।

हेर्नुस भीडियो
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar