### |
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी स्थलमार्ग भएर नेपाल आउने भएपछि भिट्टामोड–जनकपुर सडक खण्ड स्तरोन्नति गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई निर्देशन दिइएको छ ।
सार्कको १८ औं शिखर सम्मेलनका लागि प्रधानमन्त्री मोदी स्थलमार्ग भएर आउने भएपछि व्यवस्थापिका संसद्को विकास समितिले सडक स्तरोन्नति गर्न निर्देशन दिएको हो । ११ कात्तिकमा बसेको समितिको बैठकले तत्काल सडक निर्माण थाल्न निर्देशन दिइएको समितिका सभापति रबिन्द्र अधिकारीले बताए ।
अधिकारीले भने, ‘‘भारतीय प्रधानमन्त्री मोदी आउने सडक स्तरोन्नति गर्न मन्त्रालयलाई निर्देशन दिइएको छ ।’’ भौतिक पूर्वाधार मन्त्रालयका सचिव तुलसीप्रसाद सिटौलाले मोदी पटना हुँदै नेपाल आउने कार्यक्रम भएकाले उक्त सडक खण्ड स्तरोन्नतिको काम तत्काल अघि बढाइने बताए ।
नेपाल–भारत सीमा भिट्टामोडबाट जनकपुरसम्मको सडक १९ किलोमिटर रहेको छ । गत साउनमा नेपाल भ्रमण गरेका मोदीले सार्क सम्मेलनमा आउँदा जनकपुरको भ्रमण गर्ने बताएका थिए ।

## |
0 comments:
...