### |
अपडेटः
नुवाकोट, कार्तिक ७ । नुवाकोटको बेलकोटमा शुक्रबार भएको बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १४ पुगेको छ । मृतकहरुको सनाखत हुन सकेको छैन । दुर्घटनामा परी ज्यान गुमाउनेमा अधिकांश महिला रहेका छन् ।
यस्तै, दुईजना इजरायली र एकजना स्पेनिस नागरिकको समेत मृत्यु भएको छ । दुर्घटनामा परी ३३ जनाभन्दा बढी घाइते भएका छन् । घाइतेहरु सम्पर्कमा आउनेक्रम जारी रहेकाले अझ बढ्न सक्ने प्रहरीले जनाएको छ ।
काठमाडौंबाट रसुवाको स्यार्फुबेसी जाँदै गरेको बा२ख २२६६ नम्बरको बस बेलकोट गाविस वडा नम्बर ५ को तीगाउँस्थित आर्कोटे भीरबाट झन्डै सय मिटर तल खसेका थियो । सामान्य घाइतेहरुलाई उपचारका लागि सदरमुकाम विदुर र गम्भीर घाइतेहरुलाई काठमाडौं लगिएको छ ।
साँघुरो बाटोमा क्षमताभन्दा बढी यात्रु राखेकाले दुर्घटना भएको हुनसक्ने अनुमान प्रहरीको छ । बसभित्र र छतमा गरी ६५ जनाभन्दा बढी यात्रु रहेको सह–चालक प्रविण गिरीले बताएका छन् ।
बसका चालक नुवाकोट बेलकोटका दीपक तामाङको एउटा खुट्टा भाँचिएको छ भने गाडीधनी नुवाकोट गेर्खुका कविन्द्र श्रेष्ठलाई पनि चोट लागेको छ ।
नेपाली सेना, प्रहरी र स्थानीय बासिन्दाले घाइतेहरुको उद्धार गरेका थिए । घटनास्थल नुवाकोट सदरमुकाम विदुरबाट २५ किलोमिटर पूर्वमा पर्दछ ।

## |
0 comments:
...