Headlines News :
Home » » आयो रसिलो चाड तिहार

आयो रसिलो चाड तिहार

###
बाठो काग, रक्षक कुकुर
काठमाडौं : कुकुरका ज्ञाता डा. शरद्सिंह यादवले पाँच वर्षअघि एउटा अनौठो घटना देखे। तीनवर्षे बालक घरमा एक्लै भएका बेला ढोका खोलेर बाहिर निस्किएको थियो। बालक निस्किएपछि घरको कुकुर पनि पछि लाग्यो।

बच्चा जहाँजहाँ गयो, कुकुरले पछ्याइरह्यो। छिमेकीले एक्लै बच्चा बाटोमा देखेपछि फकाएर राखे, कुकर पनि साथै लाग्यो। टोक्ने डरले छिमेकीले कुकुरलाई बच्चाबाट टाढा राख्न खोजे तर त्यसले उल्टै ती छिमेकी पसेललाई टोक्न खोज्यो। 'पछि बच्चाका अभिभावक आएपछि मात्रै त्यो कुकुरले छोड्यो', यादवले सुनाए।

मंगलबार काग तिहार। बुधबार कुकुर तिहार। यिनीहरूलाई मिठो खुवाउने र पूजा गर्नुका कारण सम्भवत: यस्ता घटनाले पनि पुष्टि गर्छ। प्रकृतिमा भएका सयौं प्रजातिका चरा र जनावरध्ये काग र कुकुरकै पूजा गर्नुपर्ने धेरै तथ्य धर्मग्रन्थ र वैज्ञानिक अनुसन्धानले पुष्टि गरेको छ। मानिसलाई अप्ठ्यारो परेका बेला यी दुवैले संकटमोचन गरिदिएका धेरै उदाहरण छन्।

काग प्रकृतिकै अनौठो, चलाख र हिम्मत भएको पन्छी हो। विज्ञहरूका अनुसार कागसँग असलखराब पहिचान गर्ने सामथ्र्य हुन्छ। चाणक्य नीतिमा पनि बुद्धिमान् मानिसले कागबाट चेष्टा र कुकुरबाट चलाखी सिक्नुपर्ने उल्लेख छ। परापूर्व कालदेखि नै कागलाई मानिसले मित्र पन्छीका रूपमा हेर्र्थे।

दिशा जनाउने यन्त्र आविष्कार नभएको समयमा (प्राचीन सिन्धु) मानिस समुद्र यात्रामा जाँदा कागलाई पनि साथै लग्थे। अलमलिएको बेला उनीहरूले कागलाई उडाइदिन्थे। काग सधैं जमिन भएतर्फ उड्ने भएकाले मानिसत्यतैतिर लाग्थे। पन्छीविद् डा. हेमसागर बराल भन्छन्, 'कागले सधै जमिन नै खोजिरहेको हुन्छ।' सयौं वर्षपहिले गुफामा एकसाथ कुँदिएका मानिस र कागका चित्रले पनि यो सम्बन्ध प्रमाणित गर्छ।
कागसँग असर र खराब पहिचान गर्ने सामर्थ्‍य  हुन्छ। दिशा जनाउने यन्त्र आविष्कार नभएको समयमा मानिससमुद्र यात्रामा जाँदा कागलाई पनि साथै लग्थे। अलमलिएको बेला कागलाई उडाइदिन्थे। काग सधै जमिन भएतर्फ उड्ने भएकाले मानिससोही दिशातर्फ लाग्थे।

कुकुर मानिस जंगली अवस्थामा रहँदा नै सहयोगी थियो। सिकार गर्नेदेखि सुरक्षासम्मको जिम्मा कुकुरकै हुन्थ्यो। अहिले पनि कुकुर मानिसको सहयोगी छ। चिकित्साविज्ञानका अनुसार कुकुर पाल्नेलाई मुटु र मधुमेह रोग कम लाग्छ।
संस्कृतिविद् डा. माधव भट्टराईका अनुसार काग यमराजको सन्देश सुनाउने यमदूतको प्रतीक हो। काग तिहारका दिन कागलाई खुवाउँदा पढिने मन्त्रले पूर्व, पश्चिम, उत्तर दक्षिण सबैतिरका कागलाई सम्बोधन गरिन्छ। कागले अन्नबालीमा लाग्ने किराफट्यांग्रा खाइदिन्छ र किसानलाई उत्पादन ह्रास हुनबाट बचाउँछ। वातावरण स्वच्छ राख्न कुहिएका र फोहोर खानेकुरा खान्छ। यो कुनै अप्ठ्यारो अवस्था आइलाग्यो भने कराउँछ। प्राकृतिक विपत्ति आउने खबर कागले पहिल्यै पाइसक्ने विज्ञको भनाइ छ।

'यसले कराउँदा कुनै न कुनै राम्रो नराम्रो सन्देश ल्याएको विश्वास गरिन्छ', भट्टराई भन्छन्। पाँच करोड तीस लाख वर्षअगाडी अस्ट्रेलिया तथा पपुवान्युगिनीमा देखिएका काग हाल सबै महादेशमा पाइन्छ। अनुसन्धानकर्ताहरूका अनुसार यसको दिमागको वजन शरीरको दाँजोमा धेरै हुन्छ। बरालका अनुसार भियतनाममा चराविज्ञहरूले कागको बुद्धि जाँच्न एउटा अनुसन्धान गरेका थिए।

'कडा बोक्रा भएको ओखरलाई सडकमा रातो बत्ती बलेका बेला कागले फालिदिन्छ र गाडीले फोरेपछि पुन: रातो बत्ती बलेका बेला मजाले बसेर खान्छ', बरालले अनुसन्धान प्रतिवेदन उद्धृत गर्दै भने, 'यसले रातो र हरियो बत्तीको संकेतसमेत बुझ्छ।' कागसँग निषेधित क्षेत्रमा गएर अनुसन्धान गर्न सक्ने क्षमता हुन्छ।

बरालका अनुसार जंगलका कागले सिकारी जनावरलाई पछ्याइरहन्छ र सिकार गरेपछि त्यसको हिस्सा दाबी गर्छ। खाना अभाव भएको अवस्थामा कतै खाना भण्डारण गर्छ र चाहिएको बेला खान्छ। समूहमा बस्न रुचाउने कागको सधंै एकजना नेता हुन्छ। 'त्यसले जे भन्छ वा संकेत गर्छ अरू कागले त्यही गर्छन्', बरालले भने। कुकुर जनावरमध्ये मानिससँग सबैभन्दा राम्रो र नजिकको सम्बन्ध भएको प्राणी हो।

बदलाभाव, माया र जिज्ञासु स्वभावको कुकुरलाई तिहारका दिन पूजा गर्ने मन्त्रसमेत अलग्गै छ। कुकुर मानिस जंगली अवस्थामा रहँदा नै सहयोगी थियो। जंगली युगमा सिकार गर्नेदेखि सुरक्षासम्मको जिम्मा कुकुरकै हुन्थ्यो।

संस्कृतिविद् भट्टराईका अनुसार वर्षमा एक दिन यो बुद्धिमान जनावरलाई पुज्ने अलग्गै मन्त्रमा 'वैवश्वत कुलमा जन्मिएका कालो र छिरबिरे वर्णका तिमी दुई कुकुरलाई म अन्न दिन्छु। तिमीहरू अहिंस्रक बन', भन्ने छ।

महाभारतमा पाण्डवहरू स्वर्ग जाने बेलामा एउटा कुकुर पनि साथै गएको र पछि युधिष्ठिरसित त्यो पनि स्वर्ग पुगेको प्रसंग छ। चिकित्साविज्ञानले कुकुर पाल्नेलाई मुटु र मधुमेह रोग कम लाग्ने पुष्टि गरेको छ। 'घरमा एक्लै बस्नेलाई कुकुर राम्रो साथी हो। यसले एक्लोपना र तनाव घटाउँछ', यादवले भने, 'अनुसन्धानमा कुकुरको प्रयोग अझै बढी हुन्छ। यसको सुघ्ने क्षमता तीक्ष्ण हुन्छ।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar