### |
आफ्नो जिन्दगीबाट हार खाइसकेका व्यक्तिहरुले आफ्नो जिन्दगी बर्बाद गर्नका लागि थुप्रै तरिका अपनाउने गर्दछन् । फाँसी लगाएर आफ्नो जिवनको अन्त्य गरेको, हातको नशा काटेर मरेको घटना त तपाईंले बारम्बार सुनिरहनुभएको होला । तर बैंककमा एक महिलाले आत्महत्या गर्ने एउटा निकैबिभत्स तरिका अपनाएकी छिन् । वानपेई इन्याई नामक ६५ वर्षीया यी थाई महिलाले आत्महत्या गर्नका लागि बैंककको एक टुरिष्ट फर्ममा गोहीसँग भरिएको तालमा हाम फालेकी छिन् ।
घटना यस्तो प्रकारको थियोः बैंककभन्दा करिब एक घण्टा टाढा अवस्थित पर्यटकहरुका लागि खोलिएको यो फार्ममा ती थाई महिला पनि त्यहाँ आइपुगेकी थिइन् । उक्त फार्मममा सानो चिडियाघर क्षेत्रमा पर्यटकहरुले गोही खाना खुवाउन अनुमती दिइएको थियो। शुक्रबार बेलुका ती महिलाले गोहीले भरिएको तालको बिचमा हाम फालेकी छिन् । जानकारीका अनुसार यो तालमा सयौँ गोहीहरु रहेका छन् । पुलिस प्रवक्ता प्रीचा लाम– नुईका अनुसार त्यहाँका गोही सबै वयस्क छन् ।
उनले भने, ‘मर्ने महिलाकी बहिनीका अनुसार उनी तनाव र डिप्रेसनको शिकार थिइन् ।’ थाइल्याण्डको पर्यटन स्थलहरुको सुरक्षा प्रबन्धको बारेमा धेरैजसोबहस हुने गरेको छ । यो फार्मका ताल वरिपरि लगाएको बार पनि निकै कम उचाइको रहेको बताइएको छ । उक्त फार्म सन् १९५० मा खोलिएको थियो जसलाई संसारको सबैभन्दा ठूलो गोहीको फार्म भनेर कम्पनीले आफ्नो वेभसाइटमा दाबी गरेको छ । (एजेन्सी)

## |
0 comments:
...