### |
कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नहरुमाथि कानुनी कारवाहीको माग राख्दै तीन सय ३२ दिन देखि आमरण अनसनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको विर अस्पतालमा निधन भएको तीन साता वितेको छ । महाराजगन्जस्थित शिक्षण अस्पतालको पोष्टमार्टम ‘रुम’मा दुर्गन्धित अवस्थामा छ यतिबेला अधिकारीको मृत शरिर । काठमाडौंमै रहेका उनका जेठा छोरा नुरुप्रसाद अधिकारी बाबुको लाश बुझ्न त परै जाओस्, मृत शरिर समेत हेर्न आएका छैनन् आजको मितिसम्म । बा आमाको अनशन तोडाउन दुई अर्ब मागेर सरकारसाग बार्गेनिङ गरेका नुरप्रसाद कहाा छन् ? रातो पाटीका लागि सन्तोष चौधरीको विशेष खोज
दुई अर्ब माग्ने नुरप्रसाद फरार
कान्छो छोरो कृष्णप्रसाद अधिकारीको हत्यामा संलग्नहरुमाथि कानुनी कारवाहीको माग राख्दै तीन सय ३२ दिन देखि आमरण अनसनरत गोरखा फुजेलका नन्दप्रसाद अधिकारीको असोज ६ गते नेपालकै पुरानो वीर अस्पतालमा निधन भयो । यो पक्ती लेखिँदासम्म उनको मृत्यु भएको २२ दिन भइसकेको छ ।
महाराजगन्जस्थित शिक्षण अस्पतालको पोष्टमार्टम ‘रुम’मा दुर्गन्धित अवस्थामा छ यतिबेला अधिकारीको मृत शरिर । काठमाडौंमै रहेका उनका जेठा छोरा नुरप्रसाद अधिकारी बाबुको लाश बुझ्न त परै जाओस्, मृत शरीर समेत हेर्न आएका छैनन् आजको मितिसम्म ।
बाबुको.मृत शरिर छुन त कर्तव्य ठानेनन् नै, वीर अस्पतालमै अनसनरत आमालाई भेट्न पुग्न पनि जरुरी ठानेनन् ती निर्दयी छोराले । बाबुको मृत शरिर हेर्न र आमालाई सान्त्वना दिनसमेत कन्जुस्याई गर्ने तिनै नुरप्रसाद आफुले न्याय नपाएको भन्दै मानवअधिकारका गुड्डी हाँकिरहेका छन् । उनको यो खेतीलाइ केही ‘डलरवादी’हरुले पनि साथ दिइरहेका छन् ।
अधिकारी दम्पतीका कान्छा छोरा मारिएपछि बाबु नन्दप्रसादको अनसन र मृत्यु बुझिनसक्नुको पहेली बनेको छ, राष्ट्रिय/अन्तर्राष्ट्रिय जगत समक्ष । हत्या, अनसन र मृत्यु प्रकरणबारे केही गम्भिर प्रश्न र उत्तरहरु जन्मिएका छन् । जुन स्वभाविक पनि हो । किनकी कुनै पनि आफन्तले कोही दोषी नै किन होस् उसको हत्यालाई सजिलै पचाउन सक्दैन ।
भर्खरैको उहाहरण काफी छ, धादिङको दिनेश अधिकारी उर्फ चरी काण्ड । त्यसमाथि कृष्णप्रसाद अधिकारीलाई त द्धन्द्धकालको जघन्य घटनाको ‘पद्वी’ दिएर केही ‘मानवअधिकारवादी’ डलर कमाउने माध्यममा लागेका थिए/छन् । जब यथार्थ सार्वजनिक हुँदै गयो, सत्यलाई बङ्ग्याएर आफ्नो अनुकूलतामा मात्र मानवअधिकारको वकालत गर्नेहरुको स्वर पनि मलिन हुँदै गएको थियो । तर, त्यही क्रममै नन्दप्रसादको मृत्यु भएपछि कथित अधिकारकर्मीहरु पुन: सल्बलाउन थालेका छन् ।
खासमा के थियो त कृष्णप्रसाद मारिएको घटना ? अनी अनसनको भित्रि रहस्य ? नन्दप्रसाद अधिकारीको अनसनमै मृत्यु भएपछि रातो पाटी यसका तथ्यहरु खोज्नतिर लाग्यो । २२ दिनसम्म लाश उठाउन कोही आफन्त नआएपछि यसभित्रका खेलको खोजीमा लागिएको हो । यसको अर्थ यो होइन कि नन्दप्रसादको मृत्युमा कोही खुशी होस् । रातो पाटी उनको मृत्युमा एकदमै दुखी छ । किनकी ‘न्यायिक’ आन्दोलनका लागि लडेको कोही मान्छेको पनि हत्या वा मृत्यु हुनु हुदैन भन्नेमा हामी जोडदार आवाज उठाउछौं । हिजो न्यायका लागि माओवादीले लडेको लडाईमा राज्यले गरेको बर्बर दमन र आततायी हत्या हामीले भुलेका छैनौं । यसर्थ नन्दप्रसादको न्यायको मागप्रतिको अडान ठीक थियो र सरकारले उनलाई बचाउन नसकेको हो भने रातो पाटी त्यसमा खेद व्यक्त गर्दछ ।
अब तथ्य खोज्नतिर लागौं । ०६१ साल जेठ २४ गते अपरान्ह चितवनको बकुलहरमा कृष्णप्रसाद मारिएका थिए । उनी मारिएको भोलीपल्ट जेठ २५ गते बाबु नन्दप्रसाद अधिकारीले ‘मेरो छोरा वर्ष १९ को कृष्णप्रसाद अधिकारी चितवन जयमंगलामा रहनु भएका हजुरवुबा, हजुरआमालाई भेट्न आएको अवस्थामा मिति ०६१/२/२४ गते राती ८ बजे नम्बर नखुलेको मोटरसाइकलमा आएका ३ जना अज्ञात व्यक्तिहरुले जिल्ला चितवन रत्ननगर नगरपालिका नम्बर १ बकुलहरचोकमा गोली हानी हत्या गरेको हुँदा घटनामा संलग्न निज व्यक्तिहरुलाई खोजतलास गरी कारवाही गरी पाउँ’ भनेर कर्तव्य ज्यान शिर्षकमा जाहेरी दिएका थिए ।
व्यहोराले नै स्पष्ट पार्छ, सुरुमा नन्दप्रसादले कसैलाई पनि किटानी दिएका थिएनन् । ०६२ मंसिर २६ गते उनका जेठा छोरा नुरप्रसादले ‘मेरो भाई कृष्णप्रसादले माओवादीको विरुद्ध सुराकी गरेको भन्ने झुट्टा आरोप लगाई चितवन आएको अवस्थामा रामप्रसाद अधिकारी, कालीप्रसाद अधिकारी, हिमलाल अधिकारी, सीता अधिकारी, अर्का रामप्रसाद अधिकारी, सुभद्रा तिवारी, छविलाल पौडेल, मेघनाथ पौडेल, अजिव भनिने परशुराम पौडेल र भिमसेन पौडेल समेतको संलग्नतामा भाईको हत्या भएकोले निजहरुलाई पक्राउ गरी कारवाही गरी पाउँ’ भनेर गोरखा फुजेल वडा नम्बर ७ का नातेदार तथा छिमेकी १० जना विरुद्ध किटानी जाहेरी दिए । त्यसको केही समयपछि पुन: जानुका पौडेल विरुद्ध पनि किटानी थपे ।
कृष्णप्रसाद मारिएको १ वर्ष ६ महिना २ दिनपछि मात्र नुरप्रसादले किटानी दिनु नै पुर्वाग्रह थियो भन्ने बुझ्न पर्याप्त छ । किटानी जाहेरी दिएकामध्ये सीता अधिकारी र सुभद्रा तिवारी नुरप्रसादका सहोदर काकी र फुपु हुन् । उनीहरुलाई नन्दप्रसाद र नुरप्रसादले अंश नदिएर वर्षौदेखि प्रताडना दिएका थिए । भाई रुखबाट लडेर मृत्यु भएपछि एकल बनेकी बुहारी र वाल विधवा बहिनीलाई अंश दिन नमानेपछि अन्य छिमेकीहरुले उनीहरुलाई अशं दिनु पर्ने पक्षमा आवाज उठाएका थिए । त्यसैको बदलामा न्यायको पक्षमा आवाज उठाउने छिमेकीहरु विरुद्ध पनि नुरप्रसादले हत्याको आरोपमा अभियोग दर्ता गरेका थिए ।
नुरप्रसादले काकी, फुपु र छिमेकी विरुद्ध अझ् यस्तो समयमा भाइ हत्याको अभियोग पत्र दर्ता गराए, त्यसको केही दिन अघि मात्र छिमेकीहरुसँग सामुहिक झगडा गरेका थिए । गोरखाको फुजेल गाँउमा विजुली वाल्ने योजना थियो । छविलाल पौडेल त्यस योजनाका प्रमुख थिए । विद्युत प्रसारण लाइनका लागि नन्दप्रसादको घर छेउ ‘पोल’ गाडनु पर्ने भयो । कुनै न कुनै बहानामा छिमेकीसँग झगडा गरिरहने नन्दप्रसाद–गंगामाया–नुरुप्रसादले आफुले विजुली पनि नबाल्ने र पोल गाडन् पनि नदिने अडान लिए । गाँउलेहरुले पटक–पटक सम्झाउने प्रयत्न गरे । तर, उनीहरु छिमेकीको आग्रहमा लचिलो भएनन । सिङ्गो गाँउको योजनालाई एउटा परिवारले अवरुद्ध गरेपछि गाँउलेहरु पनि गल्ने कुरै थिएन ।
गाँउले भेला भएर नन्दप्रसादको घर छेउ पोल गाँडेर आ–आफ्नो घर लागे । नन्दप्रसाद परिवारले छिमेकीको सामुहिक प्रयत्नलाई पचाउन सकेनन । उनले राती श्रीमती गंङ्गामायालाई पोल काटन लगाए । भोलीपल्ट गाँउलेहरुले ‘तिमीहरुले विजुली नबालेपनि पोल काटन पाउदैनौ’ भन्दै अधिकारी परिवारलाई केरकार गरे । यसपछि नै नुरुप्रसादले रिस उठेका आफन्त तथा छिमेकी विरुद्ध भाइका हत्यारा भन्दै किटानी जाहेरी दिए । र, गाई वस्तु, बाख्रालाई किलैमा छोडेर सपरिवार गोरखा सदरमुकाम आएर बसे । नजिकैको चौकीबाट प्रहरीहरु आएर केही दिन त गाई वस्तुलाई घाँसपात पनि गरिदिए । तर, सधै संभव हुन छाड्यो । खान नपाएर गाइवस्तु किलैमा मरे । छिमेकीहरुले पनि वस्तुभाउको संभार गरिदिन सकेनन् । किनभने अधिकारी परिवारले अर्को फत्तुर थाप्लान भन्ने त्रास थियो ।
एमाओवादी शान्ति प्रकृयामा आएपछि अधिकारी परिवारलाई आफ्नै घरमा बसोबासको व्यवस्था मिलाउन जिल्लास्थित मानवअधिकारकर्मी, राजनीतिक दल, फुजेलका स्थानियवासी, अधिकारी परिवारबीच गोरखाका प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा सर्वदलिय बैठक बस्यो । जिवनकुमार ओली सिडिओ र गीता उप्रेती प्रहरी प्रमुख थिए । उनीहरुलाई गांउमा पुर्याउन सबै राजी भए । तर, अधिकारी परिवार स्वयं गाँउ फर्कन तयार भएन । यसपछि उनीहरु गोरखा सदरमुकाम पनि छाडेर राजधानी काठमाडौं आए । र, क्रमश आन्दोलन, अनसनको श्रृखला जारी राखे । उनीहरु अनसन बस्न थालेपछि सरकारले कृष्णप्रसाद मारिएको घटनाको अनुसन्धान अघि बढायो । चितवन प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोबाट परिचालित फरक–फरक टोलीले अनुसन्धान गरेको थियो । दुवै टोलीले एउटै निचोड निकाले, नुरप्रसादले किटानी जाहेरी दिएका ब्यक्तिहरु घटनामा संलग्न छैनन । यद्यपि किटानी जाहेरी दिएकामध्ये केहीलाई पक्राउ गरेर अनुसन्धान पनि गर्यो प्रहरीले । यसपछि घटनाका दोषीहरु विरुद्ध चितवन जिल्ला अदालतमा मुद्दा पनि दायर गर्यो ।
योजनाकार नुरप्रसाद
कानुनी कारवाही चलेपनि अधिकारी दम्पतीले अनसन तोडेनन् । जानकारहरुका भनाईमा खासमा अनसन तोडन नदिने छोरा नुरप्रसाद नै थिए । उनीहरुलाई अनसन तोडन आग्रह गर्दै ०७० चैत्र ७ गते प्रधानमन्त्री शुशिल कोइराला, उपप्रधानमन्त्री वामदेव गौतम, चार जना पुर्वप्रधानमन्त्रीहरु शेरबहादुर देउवा, माधवकुमार नेपाल, पुष्पकमल दाहाल ‘प्रचण्ड’, बाबुराम भट्टराईलगायत नेताहरु वीर अस्पताल पुगे । भेटमा सहभागी स्रोतका अनुसार पुर्व प्रम देउवाले नन्दप्रसादलाई ‘तपाईको भन्दा श्रीमतीको गङ्गामायाको अवस्था दयनिय भइसकेछ । उपचार गर्न दिनुहोस्’ भनेका थिए । तर, नन्दप्रसादले ‘तेरो श्रीमती हो र ? उपचार गर्न दे भन्ने तेरो के अधिकार ? भनेर देउवालाई नाजवाफ बनाए । बाबुरामलाई देख्नासाथ ‘त अपराधी किन आएको ? मेरो छोरा मारिस । मलाई पनि मार्न आएको ?’ भन्दै थुकेका थिए ।
वीर अस्पताल स्रोतका अनुसार बाबु आमा अनसन बसुन्जेल नुरप्रसाद जम्मा दुई पटक मात्र भेट्न पुगेका थिए । तर, पनि अर्कै माध्यमबाट बाबु आमालाई प्रभावमा पार्ने आफ्नो योजना चाहिँ जारी राखे । कैलालीकी सम्पदा बोहोरा नामकी महिलालाई उनले दिउासो बाबु–आमाको स्याहार सुसारको बहानामा अस्पताल पठाउाथे । र, त्यही महिलालाई कोसँग कसरी प्रस्तुत हुने भनेर भनाई रेकर्ड गरेर पठाउथे । पछिल्लो समयमा नुरप्रसाद–बोहोरा महाराजगञ्ज क्षेत्रमा सँगै बस्ने गरेको स्रोत बताउँछ ।
नुरप्रसाद एक छोराका बाबुसमेत हुन् । उनले यातना दिएर श्रीमती र छोरालाई लखेटेका थिए । लखेटिएकी उनकी श्रीमती राजधानीमै बसेर छोरालाई पढाउँदै र आफु पनि एमए पढदैछिन् । तर, नुरप्रसाद भने यसको भेउ नपाएकाहरुलाई आफू अविवाहित हुँ भन्ने गर्छन् ।
छोराको दवावमा नन्दप्रसाद–गंगामायाले अनसन तोड्न नमानेको पत्तो पाएपछि जेठ ८ गते सात जना अधिकारकर्मीहरुले नुरप्रसादका नाममा अपिल नै जारी गरे । उनीहरुले जारी विज्ञप्तिमा भनेका छन्, ‘धेरै महिनादेखि हामीले तपाईलाई आफ्नो बुबा र मुमालाई अनशन रोक्न छोराको नाताले प्रेरित गरि दिनुहोस् भन्यौं । तर, तपाईले विभिन्न तर्क दिँदै यो उहाँहरुको आफ्नै विषय हो भनिरहनु भयो । एक पटक हामीसँग वीर अस्पतालको क्याविन १६–१७ सम्म पुग्नु भयो, तर बुबा र मुमालाई सम्झाउन अग्रसर हुन सक्नु भएन ।’ यस अपिलपछि पनि नुरप्रसाद टसकामस भएनन् । मृत्युको दोसाधमा रहेका बाबु–आमालाइ भेटेर अनसन तोड्न आग्रह गर्न नैतिक ठानेनन् ।
यसरी उठाइएको थियो दुइ अर्बको माग
एक मानवअधिकारकर्मीका अनुसार एक वहालवाला र चार पुर्व प्रधानमन्त्रीहरु भेट्न पुगेको भोलीपल्ट चैत्र ८ गतेबाट नन्दप्रसाद–गंगामाया दम्पतिले आफ्नो मागमा दुई वटा चाङ थपे । पहिलो, अनुसन्धानले देखाएकालाई होइन, आफुले किटानी जाहेरी दिएकाहरुलाई नै पक्राउ गरी सर्वस्वसहित जन्म कैदको फैसला गरियोस् । दुई, उनीहरुलाई सर्वस्वसहित जन्म कैद नगर्ने हो भने दुई अर्ब रुपियाँ दिइयोस् । दुईमध्ये कुनै एक माग पुरा भए अनसन् तोडन तयार छौं । यो माग राख्न छोरा नुरप्रसादले नै सिकाएका थिए । यी दुवै माग न्यायको सिद्धान्त विपरित थिए । अनुसन्धानले दोषी नदेखाएका र आफुलाई रिस उठेका व्यक्तिलाई नै जन्मकैद गरिनु पर्छ भन्ने माग न्यायको सिद्धान्त विपरित त छँदैछ, कोही दोषी नै रहेछ भने पनि त्यसको फैसला अदालतले गर्ने हो । अदालतले फैसला गर्न प्रमाण, समय चाहिन्छ । त्यसको प्रतिक्षा गर्न अधिकारी दम्पत्ती तयार भएनन् । किनभने छोरा नुरप्रसादको दवाव सामु उनीहरु लिलिपुट हुन्थे ।
दुई अर्ब रुपियाँको माग त झन् छोराको रगतमाथिको अपमान थियो । यस मागले उनीहरु छोराको मृत आत्माको लागि होइन्, पैसाका लागि अनसन बसेको पुष्टी हुन्थ्यो । भाईको रगत पैसासँग साट्नका लागि दाजु नुरुप्रसादले बाबु–आमा अघि सारेर दुइ अर्ब मागको सर्त थापेका थिए । दुइ अर्ब रुपियाँ दिन सक्ने हैसियतमा सरकार थिएन । किनभने द्वन्द्वमा अधिकारी दम्पतिका एक छोरा मात्र मारिएका थिएनन् । झण्डै १७ हजार नेपालीले ज्यान गुमाएका थिए । यसरी ज्यान गुमाउनेहरुमा माओवादीहरुले भन्दा सरकारले नै हत्या गरेकाहरुको संख्या दुई तिहाई बढी छ ।
बाबुको शब शिक्षण अस्पतालमा रहिरहँदा नुरप्रसाद भने मानवअधिकारकर्मी, सरकार कसैको सम्पर्कमा छैनन् । बाबुको अवस्था गम्भिर हुँदै गएपछि असोज ६ गते दिँउसो तीन बजेतिर अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष सुवोधराज प्याकुरेल र राष्ट्रिय मानवअधिकार आयोगका सदस्य सुदीप पाठकले अस्पतालमा आउन आग्रह गर्दै नुरप्रसादलाई फोन गरेका थिए । उनले फोन त उठाए । तर, अधिकारकर्मीले दिमाग चक्राउने उत्तर पाए । स्रोतका अनुसार उनले उत्तर दिए, ‘मरुन । मलाई केही मतलव छैन् । मरुन भनेर पर्खिरहेको छु । मरेपछि प्रधानमन्त्री शुशिल कोइराला, प्रचण्ड र बाबुरामकोमा लगेर लाश फालिदिन्छु ।’
मानवअधिकारकर्मीलाई नेताहरुको दैलोमा लगेर शब फालिदिने धम्की दिने नुरप्रसाद आफैं चाहिँ बाबुको मृत शरीर हेर्न पनि आएका छैनन् । त्यसैले नुरप्रसादको व्यवहारबाट आजित भएका मानवअधिकारकर्मी भन्न थालेका छन्, ‘यस्तो छोरो हुनु भन्दा त नभएकै जाति ।’ अनसन तोडन अधिकारी दम्पतीले दुई अर्ब रुपियाँ मागेको रहस्य करिव तीन महिना अघि नै ‘अचम्मको अनसन’ शीर्षकमा नेपाल साप्ताहिकमा माधब बस्नेतले गरेका थिए भने नन्दप्रसादको मृत्युपछि उपप्रधान तथा गृह मन्त्री बामदेव गौतमले पनि त्यसको पुष्टि गरिसकेका छन् ।
तस्विरः नेपाल साप्ताहिक

## |
0 comments:
...