### |
काठमाडौं- पाँच दिनअघि भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा उत्पन्न भई आइतबार नेपाल छिरेको आँधी 'हुडहुड' ले सोमबार राजधानीसहित पूर्वी क्षेत्रमा बादल लाग्नुका साथै हल्का वर्षा गराएको छ। मंगलबारबाट देशभरि नै यसको प्रभाव अझ बढी देखिने मौसमविदहरू बताउँछन्।
मौसम पूर्वानुमान महाशाखाका मौसमविद सुवास रिमालका अनुसार मंगलबार राजधानी तथा पूर्वी क्षेत्रमा सामान्य वर्षा हुनेछ भने मध्य तथा पश्चिम क्षेत्रमा भारी वर्षा हुने सम्भावना छ। तराई, पहाडी र हिमाली क्षेत्रमा समेत हुडहुडको प्रभाव देखिने उनले बताए।
'आ“धीको मुख्य भाग भोलि भारतको उत्तर प्रदेश नजिकसम्म पुग्छ। यसले मध्य र पश्चिममा भारी वर्षा गराउने सम्भावना छ,' रिमालले सोमबार नागरिकसँग भने, 'यो वर्षा तराईमा मात्र होइन, पहाडमा पनि हुनेछ।'
महाशाखाबाट प्राप्त भू–उपग्रह तस्बिरका अनुसार आइतबार साँझ नेपाल छिरेको हुडहुडको प्रभाव सोमबार साँझसम्म देशभर फैलिइसकेको छ। अधिकांश स्थानमा बिहानदेखि हल्का पानी परिरहेको थियो। साँझ पूर्व र पश्चिममा देशभर आकाशमा बादल लागेको छ। यो पूर्वबाट बिस्तारै पश्चिमतर्फ सरिरहेको महाशाखाले अपडेट गरिरहेका तस्बिरबाट प्रस्टै देखिन्छ।
एक्युवेदर डटकमका अनुसार भारतको उत्तर प्रदेशको राजधानी लखनउदेखि बिहारका केही भाग र नेपालको चितवनदेखि कैलालीसम्म प्रति २४ घन्टामा ७५ देखि १५० मिलिमिटरसम्म वर्षा गराउने अनुमान छ।
मनसुन बाहिरिएको सात दिनपछि समुद्री आँधी 'हुडहुड' को प्रभाव सुरु भएको हो। यसबाट सोमबारसम्म भारतमा २१ जनाको मृत्यु भएको त्यहाँका सञ्चार माध्यमले जनाएका छन्। रिमालका अनुसार सोमबार साँझसम्म आँधीको मुख्य भाग भारतको मध्य प्रदेश हुँदै नेपाल नजिकिँदै गएको छ। त्यही आँधीको आंशिक प्रभाव यहाँ देखिएको हो। मुख्य भाग र त्यससँगै आइरहेको बादल पूर्वी भागबाट आइतबार नेपाल भित्रिएको थियो।
'त्यसैको प्रभावले सोमबार पूर्वी र मध्यनेपालमा बदली र वर्षा गरायो,' रिमालले भने, 'अझ ठूलो प्रभाव मंगलबार र बुधबार देखिन सक्छ।' उनले मंगलबार देशभर वर्षा हुने र त्यसले सबैभन्दा बढी असर मध्य र पश्चिम क्षेत्रमै पार्ने जानकारी दिए।
पाँच दिनअघि भारतको अन्दमान निकोबार समुद्री क्षेत्रमा उत्पन्न आँधी 'हुडहुड' आइतबार आन्ध्र प्रदेशमा प्रवेश गरेको थियो। त्यो घुम्दैघुम्दै साँझ नेपाल प्रवेश गरेको हो। आइतबार रातिसम्म आँधीयुक्त बादल घडीको उल्टो दिशाबाट काठमाडौंलाई छुँदै पूर्वतिर घुमिरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको थियो।
भूउपग्रहबाट आइतबार प्राप्त तस्बिरमै 'हुडहुड' भारतका आन्ध्रप्रदेश, उडिसा, कोलकाता, राँची, मध्य प्रदेश, बिहारको पटना, गोरखपुर हुँदै नेपालको काठमाडौं र पूर्वी क्षेत्रमा फैलिएको देखिएको थियो। महाशाखाका मौसमविद मीनकुमार अर्यालका अनुसार पश्चिम वायुको प्रभावबाट विकास भएको कमजोर न्यूनचापीय रेखा सुदूरपश्चिमको पहाडी भेगमा रहेकाले त्यस भागमा धेरै बर्षा हुनेछ।
नेपालसम्म आइपुग्दा आँधीको गति घटिसके पनि त्यससँग आउने बादलले २४ घन्टामा १५० मिलिमिटरभन्दा बढी पानी पार्ने सम्भावना रहेको मौसमसम्बन्धी विदेशी संघ–संस्थाले जनाएका छन्। मध्य तथा सुदूरपश्चिम क्षेत्रमै दसैंअघिको भारी र अविरल वर्षाले ठूलो धनजन क्षति पुर्या्एको थियो।
यो आँधी बंगालको खाडीबाट आन्ध्रप्रदेशको विशाखापट्नम बन्दरगाह हुँदै भारत प्रवेश गरेको हो। हावाको गति प्रतिघन्टा १९५ किलोमिटर रहेको जनाइएको छ। यसबाट प्रभावित क्षेत्र २ देखि ३ सय किलोमिटरभित्र हो। यसभन्दा बाहिर र जमिनमा आइसकेपछि आँधीको प्रभाव कमजोर हुँदै जान्छ।
'हिमपातको खतरा'
मौसमविद सुवास रिमालले मंगलबार उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना भएकाले त्यस क्षेत्रमा यात्रा नगर्न सचेत गराएका छन्। 'भोलि देशका सबै उच्च हिमाली क्षेत्रमा भारी हिमपात हुन्छ,' उनले नागरिकसँग भने, 'हुडहुड आँधीकै प्रभावले हिमपात हुन लागेको हो।'
महाशाखाका अनुसार उच्च हिमाली क्षेत्रले समुद्री सतहदेखि ५ हजार ५ सय मिटर माथिको उचाइलाई जनाउँछ।

## |
0 comments:
...