### |
मेरो एकजना साथी छन्- सन्तोष ओझा। उनी नेपालका दुर्गम ठाउँ पुगेर ९ र १० कक्षामा पढ्ने विपन्न तर जेहनदार विद्यार्थीहरूलाई छात्रवृति प्रदान गर्ने “सद्भाव छात्रवृति” भन्ने कार्यक्रम चलाउँछन्। उनी सो छात्रवृति बाँड्न देश अति विकट ठाउँ पुगेका छन्। अर्को हप्ता उनी चालीस विद्यार्थीका लागि किताब, कापी, क्यालकुलेटर र अन्य स्टेसनेरीका सामान बोकेर डोल्पा जाँदै छन्।
उनको र मेरो नभेटेको धेरै भएको थियो। हिजो साँझ हामीले सँगै बसेर चिया पियौं। उनले मलाई आफूले छात्रवृति दिन जाँदाका धेरै कुरा सुनाए। उनमा आफूले गर्ने काम प्रतिको लगाव म मजाले देख्न सक्थें।
कुरै कुरामा मैले उनलाई सोधेँ- “तिमी यतिका ठाउँ पुग्यौ। यतिका मान्छे भेट्यौ। तिमीलाई सबभन्दा मन छोएको कुनै घटना सुनाउ न जसले तिमीलाई अझ धेरै काम गर्न प्रेरित गरेको छ।“
उनले एकछिन गहिएर सोचेँ र भनेँ- “हामी एकपल्ट राजविराजमा छात्रवृति बाँड्न गएका थियौँ। धेरै विद्यार्थीहरूले फारम भरे। त्यस मध्य एकजना भाई थिए। तीनले मलाई दुई तीन चोटि भेटेर- सर मलाई जसरी नि स्कोलरसीप मिलाईदिनुस्। मलाई घरमा अति नै समस्या छ भनेर अनुरोध गरे। मैले त्यहीका लोकल मान्छेसँग बुझ्दा, ती भाईको घर देहातमा रहेछ। हरेक दिन, त्यो ठूलो खालको साइकलमा बसेर ६/७ किलोमिटर पार गरेर स्कूल आउने रहेछ। पढ्न पनि मेहनत गरेर पढ्ने। मलाई पनि त्यो भाइले चाही छात्रवृति पाओस् भन्ने लाग्यो। तर हाम्रो छात्रवृति पाउने विद्यार्थीहरू हामीले नभई स्थानीय व्यक्तिहरूको समितिले छान्ने हुनाले, मैले केही भन्न मिल्ने स्थिति थिएन। पछि सबै विद्यार्थीहरूको अन्तरवार्ता भइसकेपछि, समितिले हामी समक्ष छात्रवृति पाउनका लागि योग्य र उपयुक्त विद्यार्थीहरूको नाम सिफारीस गर्यो। ती भाइको पनि नाम रहेछ। मलाई खुसी लाग्यो।“
मैले सोधे - “त्यस पछि के भयो?”
उनले भने-“छात्रवृति पाउने भएपछि, त्यो भाइ निकै खुसी भयो र मलाई उसको घर जान आग्रह गर्यो। मैले सुरुमा त अप्ठ्यारो माने। तर उसले एकदमै कर गर्यो। अनि उसको त्यहि ठूलो साइकलको क्यारियरमा पछाडि बसेर म उसको घरतिर लागेँ। उसको गाउँ एकदमै सानो रहेछ। फुसले बनेका साना साना दश बाह्र वटा घर, सँगै गुजुमुक्क भएर बसेका थिए। बस त्यहि नै थियो- उसको गाउँ। उसले भन्यो- त्यस्ता चार पाँच जनाको परिवार बस्ने घर बनाउन १०,१५ हजार लाग्छ रे, अनि त्यो पनि धेरै जसो बेलामा गाउँका मान्छेहरू सँग हुँदैन रे।“
सन्तोषले यति भनेर आफ्नो मोबाईल देखाउँदै भन्यो- “म २० हजारको मोबाईल बोक्छु यार, तर त्यो ठाउँमा मान्छेहरू १५ हजार भयो भने एउटा नयाँ घर बनाउने रहेछन्। मलाई कस्तो लाज पो लाग्यो। मैले त्यो दिन आफ्नो मोबाइल उनीहरूको अगाडि झिक्नेसम्म आँट गरिन।''
मैले पनि आफ्नो मोबाईल सम्झे। सन्तोषको भन्दा महँगो थियो। सोचेँ- यो मोबाईलले कति वटा घर बन्छ होला! मलाई पनि कता कता अप्ठ्यारो लाग्यो। तर केही भनिन। उनले नै अगाडि भने- उसको घरमा सबैले मलाई भगवान आए जस्तो गरे। घरमा थियो थिएन तर मीठो खाजा खुवाए। आमाको उपचार गर्दा लागेको चालीस हजार ऋण तिर्नलाई दाई पढाई छाडेर विदेश जानुपरेको रहेछ। तर उसलाई चाही सबैले पढाउन चाहेका रहेछन्। पछि मलाई त्यो भाइले फेरि राजविराज ल्याईदियो। अनि भोलिपल्ट छात्रवृति बाँड्ने कार्यक्रममा भेट्छु भनेर बिदा भयो।
भोलिपल्ट हामी कार्यक्रमको सञ्चालनका लागि तयारी गर्न थाल्यौ। जिल्लाका गन्यमान्य व्यक्ति आउने क्रम जारी थियो। त्यहि बेला मेरो मोबाईलमा एउटा फोन आयो उठाउँदा थाह भयो- त्यहि भाइले गरेको रहेछ। रुँदै भन्यो- सर म आउन सक्दिन। मेरो त सारा गाउँ लागो लागेर सखाप भयो।“
यति भनेर सन्तोष रोकियो। अनि मतिर हेर्यो। म पनि गम्भीर थिए। सोधे- अनि?
उसले भन्यो- “उसलाई के भन्ने, मसँग केही उत्तर थिएन। हिजो भर्खर म त्यहि ठाउँ पुगेर आएको थिए। ती साना घरहरू सबै खरानी भएको दृश्य सम्झन पनि गार्हो भयो।भारी मन बनाएर भने- तिमीले राम्रो पढ्यौ भने त्यस्तो घर धेरै बनाउन सक्छौ भाइ। पढ्नको लागी हामी तिमीलाई मद्दत गर्छौं। आज जसरी नि आउ, आफूलाई बलियो बनाएर आउ।“
मैले सोधे-“किन त्यो दिन त्यो कार्यक्रममा नआएको भए, उसले छात्रवृति पाउने थिएन र?”
उसले भन्यो- “हैन, उसले छात्रवृति त पाई हाल्थ्यो। तर मलाई लाग्यो, उ आफ्नो घर र गाउँ जलेर बहुत दुखी थियो। उसले पढाईबाट आफ्नो मन मार्न सक्थ्यो। तर यो कार्यक्रममा आउँदा सबैको अगाडी छात्रवृति लिदा, मान्छेल उसको लागी ताली बजाउँदा- उसमा फेरी उर्जा आउँछ जस्तो लाग्यो मलाई।“
मलाई एकदमै कौतूहलतल भयो- अनि उ आयो त?
सन्तोषले मुस्कुराउँदै भने- “अँ । त्यो दिन उ आयो। र आज सम्म पनि उसले एकदमै राम्रो पढिरहेको छ। म अस्ति फेरी त्यहाँ जादा, उसलाई भेटेको थिए। राम्रो पढ्दै रहेछ। खुशी भएर मलाई पढाईको कुरा सुनायो।“
सन्तोषले सुनाएको यो कथाले मलाई प्रसन्न बनायो। मैले उसलाई सोधे- तिमीलाई कति खुसी लाग्दो हो है सन्तोष, यी बच्चाहरूको भविष्य कोर्दै छौं।“
उ हाँस्यो। केही भनेन। तर उसले भन्नु पर्ने पनि थिएन। म उसको अनुहारमा झल्केको मुस्कान बाट त्यो कुरा बुझ्न सक्थे।
कुराकानीलाई अन्त्य गर्ने बेलामा मैले उसलाई सोधे- “मलाई एउटा कुरा भन त। तिमीले आफै पनि कति बच्चाहरूलाई आफ्नो पैसा हालेर छात्रवृति दिइरहेका छौ। पुग्छ त तिमीलाई?”
सन्तोष ले बडो सहजताका साथ भने- “सागर म सँग टन्न पैसा भएर यो काम गर्न थालेको हैन।मैले नहुनुको पिडा बुझेको छु। दुख देखेको छु। त्यहि पिडा, दुख, थोरै भएपनि कम गर्न सक्छु कि भनेर त हो यसमा लागेको।“
उनको कुराले मलाई पनि सोच मग्न बनायो। नेपालीले नेपालीलाई भनेर सुरु गरिएको यो छात्रवृति मा अर्को महिना म पनि एकजना विद्यार्थीको लागी स्टेसनरी किन्न सहयोग गर्छु भन्ने मनमा ठानेको छु। यो ब्लगको अन्त्य गर्ने बेलामा मैले कतै पढेको यो कुरा सम्झन्छु- वी मेक अ लिभिङ् बाई वाट वी गेट बट वी मेक अ लाइफ बाई वाट वी गिभ! (हामीले अरूबाट लिएर चलाउने त बस् गुजारा हो। हामी जिन्दगी त तब मात्रै जिउँछौँ, जब हामी अरूलाई दिन थाल्छौं।)
via Setopati

## |
0 comments:
...