|
###
|
चितवन: मकवानपुरको बसामाडीमा दुई रात्री बस दुर्घटनामा परी मृत्यु हुनेको संख्या १० पुगेको छ। दुर्घटनामा परेका आठ जनाको घटनास्थलमै र दुई जनाको उपचारका क्रममा ज्यान गएको हो। दुर्घटनामा परी घाइते भएका २६ वर्षीया रसियन नागरिक दरिया मल्चापोभाको मकवानपुर जिल्ला अस्पताल र प्रिजन दाहालको चितवन मेडिकल कजेल भरतपुरमा ज्यान गएको हो। घाइते यात्रुहरुको मकवानपुर र चितवन मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ।रात्री बसमा सवार ३० जना घाइते भएका छन्।
इलामबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ४८४१ नम्बरको रात्री बस र काठमाडौंबाट विराटनगरतर्फ जाँदै गरेको ना ४ ख ५४४८ नम्बरको रात्री बस आपसमा ठोक्किएको हो।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार मृत्यु हुनेमा इलाम बरबोटे-४ का प्रवीनराज आचार्य, इलाम पीपलबोटेका रोसन भट्टराई, इनपा २ की सुजता काफ्ले, नाम्सालिङका मिलन अधिकारी, इनपा ३ रक्षा श्रेष्ठ, इनपा ४ इसा कार्की र रसियन नागरिक २६ वर्षकी दरिया मल्चापोभा रहेका छन्। अन्यको भने सनाखत भइसकेको छैन। मृत्यु हुने ६ जना पुरुष र ३ महिला रहेका छन्।

##
|

0 comments:
...