Headlines News :
Home » » तपाईको साताभरिको राशिफल हेर्नुस.

तपाईको साताभरिको राशिफल हेर्नुस.

###

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
महत्वपूर्ण कार्यमा सफलता मिल्नाले मनमा हर्ष तथा कार्यमा उत्साह बढ्नेछ। आम्दानीका स्रोतहरू फेला पर्नेछन्। शारीरिक तथा मानसिक थकान बढ्न सक्छ। रमाइलो यात्राको योग रहेको छ।

वृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
शैक्षिक क्षेत्रमा लगानी गर्ने अवसर मिल्नेछ। अल्झनमा परेका कार्यहरु सुचारु हुनेछन्। पठन पाठन तथा शैक्षिक क्षेत्रमा प्रगति हुनेछ। आफन्त तथा बन्धुबान्धवको सहयोग मिल्नेछ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
मित्रजनहरूको सहयोग प्राप्त हुनेछ। अधुरा कामहरू बन्नाले मानसिक प्रसन्नता छाउनेछ। शैक्षिक क्षेत्रमा सफलता मिल्नेछ। नयाँ कार्यको थालनी गर्ने अवसर मिल्नेछ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आध्यात्मिक क्षेत्रमा प्रगतिको हुनेछ। अध्ययन अध्यापनमा सफलता मिल्नेछ। विलासिताका सामग्रीको सङ्ग्रहमा रुची बढ्नेछ। विशिष्टजनको आंशिक सहभागितामा नयाँ योजनाहरु बन्नेछन्।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
धन प्राप्तिमा बाधा उत्पन्न हुनेछ। विशिष्ट मान्यजनको सहयोग प्राप्त हुनेछ। शारीरिक दुर्बलता बढ्ने छ। दैनिक कार्यमा अवरोधको सामना गर्नु पर्ला। रमाइलो यात्राको योग रहेको छ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
स्वास्थ्यमा सुधार आउनेछ। पारिवारिक मनोमालिन्यता दूर हुनेछ। अध्ययन अध्यापनमा रुची बढ्नेछ। शिक्षा क्षेत्रमा बाधा व्यवधानहरु उन्पन्न हुनेछन्। धार्मिक कार्यमा मन जानेछ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आर्थिक वृद्धिका सम्भावनाहरु देखिनेछन। सिर्जनात्मक लेखनको क्षेत्रमा प्रगति भएर जानेछ। आफन्त तथा दाजुभाइको सहयोग मिल्नेछ। प्रेमी प्रेमिकाबीचको सम्बन्ध सुमधूर रहनेछ।

वृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
नयाँ सन्देश र शुभकामना प्राप्त होला। अध्ययन अध्यापनको लगानीबाट लाभका संकेतहरू मिल्नेछन्। रोजगारीका अवसरहरू प्राप्त हुने सम्भावना रहेको छ। आय आर्जनमा सुधार हुनेछ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
सन्तानको सहयोग र समन्वयबाट महत्त्वपूर्ण कार्यहरू बन्नेछन्। लेखन कला र साहित्यको क्षेत्रमा प्रसस्त प्रगतिको सम्भावना रहेको छ। आय आर्जनमा अवरोध आउन सक्छ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
पारिवारिक सम्बन्धमा सुधार आउने योग रहेको छ। आम्दानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। व्यापार व्यवसायमा प्रसस्त लाभ मिल्नेछ। पठन पाठनमा मन लाग्नेछ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
वैचारिक मतभिन्नता उत्पन्न हुन सक्छ। स्वास्थ्यमा सुधार आउने छ। समाजमा मान सम्मानमा वृद्धि हुने देखिन्छ। नयाँ कामको योजना बन्नेछ। सन्तान सुखमा बाधा आउला।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
लेखन र कलाको क्षेत्रमा सुधार आउने देखिन्छ। स्थानान्तरणको योग रहेको हुँदा नयाँ योजनाहरू बन्नेछन्। मान्य जनबाट प्रसस्त स्नेह प्राप्त गर्नु हुनेछ । आत्मिक आनन्द प्राप्त होला।
##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar