Headlines News :
Home » » पारसलाई उम्किन मुस्किल

पारसलाई उम्किन मुस्किल

###
काठमाडौं- थाइल्यान्डमा लागुऔषधसहित तेस्रो पटक पक्राउ परेका पूर्वयुवराज पारस शाहका लागि कानुनी बाटो कठिन देखिएको छ। दुईपटक गाँजासहित पक्राउ परेर धरौटीमा छुटेका उनी तेस्रोपटक गाँजा र एमफेथामाइनसहित पक्राउ परेका हुन्। यसपटक उनी धरौटीमा मुक्त हुने सम्भावना न्यून छ।


२०६७ फागुनमा टाइगरटप्समा गोली चलाएपछि विवादमा तानिएका उनी पछिल्लो समय थाइल्यान्डमा बस्दै आएका थिए। थाइल्यान्डको बसाइकै क्रममा उनी लागुऔषधसहित पक्राउ परेको यो तेस्रो पटक हो।
थाइलाइन्डमा पारस पहिलो पटक फुकेटमा २०६९ कात्तिकमा १२ ग्राम गाँजासहित पक्राउ परेका थिए। उनी त्यतिबेला एक रात हिरासतमा बसेर १० हजार भाट धरौटीमा रिहा भएर सुधारगृह पुगेका थिए। दोस्रो पटक ३ दशमलव ४ ग्राम गा“जासहित पक्राउ पर्दा पनि उनी धरौटीमा छुटेका थिए। तेस्रो पटक असोज २३ गते बुधबार उनी ५ दशमलव ८ ग्राम गाँजासँगै कोकिन र इमफेथामाइनसहित पक्राउ परेका हुन्।
लागुऔषध नियन्त्रणसम्बन्धी कानुनमा पटके अभियुक्तका लागि थप कडा प्रावधान हुन्छ। लागुपदार्थविरुद्ध कडा कानुन कार्यान्वयनमा ल्याउने राष्ट्रमध्ये थाइल्यान्ड पनि एक हो। थाइल्यान्डले प्राकृतिक र कृत्रिम लागुऔषध नियन्त्रणका लागि छुट्टाछुट्टै 'नार्कोटिक्स एक्ट' र 'साइकोट्रोपिक सब्सटेन्स एक्ट' कार्यान्वयनमा ल्याएको छ। दुवैमा सजायको प्रावधान कडा छ। थाई ल फोरम डटकमका अनुसार हिरोइन, अफिम, कोकिनमा आजीवन काराबास र मृत्युदण्डसम्म सजायको प्रावधान छ।
पारसको साथबाट एमफेथामाइन वर्गको लागुऔषधसमेत फेला परेकाले प्राकृतिकसँगै कृत्रिम लागुऔषध कानुनसमेत आर्कषित भएको छ। बरामद लागुऔषधको परिमाणका आधारमा किनबेचभन्दा पनि व्यक्तिगत प्रयोग देखिएकाले उनले सजायमा केही राहत पाउन सक्छन्, तर उन्मुक्ति पाउन कठिन छ।
थाई कानुनमा गाँजा किनबेच गर्ने, अनुमतिबिना उत्पादन गर्ने र प्रयोग गर्नेलाई २० वर्Èसम्म कैद सजाय वा ४ लाख भाट जरिवानाको प्रावधान छ। कृत्रिम लागुऔषधको किनबेच, खरिद र प्रयोग नियन्त्रणका लागि त्यहाँ थप कडा प्रावधान छ।

##
Share this article :

0 comments:

आफ्नो सल्लाह सुझाब एवम प्रतिकृया लेख्नुहोस ।

...

Popular Posts

 
Support : Creating Website | Template | Top Ten Khabar
Proudly powered by Blogger
Copyright © 2011. Top Ten Khabar - All Rights Reserved
Template Design by Creating Website Published by Top Ten Khabar